टिकापुरमा गोली नचलाएको भन्दै नेपाल प्रहरी र सशस्त्रको शितयुद्ध शुरु(भिडियो सहित)

a

टिकापुरमा गोली नचलाएको भन्दै नेपाल प्रहरी र सशस्त्रको शितयुद्ध शुरु(भिडियो सहित)
ताजा खबर, काठमाडौँ । अचानक भयो या योजना सहित भयो टिकापुर नरसंहार त्यो भने भोली थाहा लाग्ला । तर टिकापुरमा जे भयो, त्यो जंगे शैलीमा गरीएको नरसंहार नै हो । जसलाई हदै सम्मका तुच्छ शब्दले घृणा र तिरस्कार गर्दा पनि कमै हुन्छ । प्रत्यक्षदर्शीहरुका अनुसार हजारौँको संख्यामा आन्दोलनकारी अगाडी बढे चलचित्रकै शैलीमा नांगा हतियार बोकेर र केही सयको संख्यामा रहेको हतियार विहिन प्रहरी मुकदर्शक बन्यो र भएका हतियार प्रयोग गर्न पनि गृह मन्त्रालयको आदेश कुर्न थाल्यो ।एसएसपीले ढिलो गरी आदेश त दिए आन्दोलनकारीलाई गोली हान्न तर नेपाल प्रहरीका जवानहरुसँग एउटा बेतको लौरो बाहेक अरु केही नभएपछि आक्रमणकारीका नांगा हतियारको अचानो बन्नुको बिकल्प रहेन । तर उता मजबुत र अत्याधुनिक हतियार बोकेको शसत्र प्रहरीले किन गोली चलाएन रु मंगलबार नेकपा एमालेको पोलिट व्यूरो बैठकमा गृहमन्त्री बामदेव गौतमले आश्चय मान्दै प्रश्न् गरे । जसको उत्तर सशस्त्रका प्रमुखले शशत्र प्रहरीका एससपी टुलुटुलु हेरेर नबसेको तर आन्दोलनकारीलाई भगाउन आँफै गोली चलाउन लागीपरेको बताएका छन् ।तर सोही घटनामा बाँचेना नेपाल प्रहरीका एक जवानले भने एसएसपी न्यौपानेले आदेश दिए पनि आफुहरुसँग एसएलआर समेत नभएको तर अर्को घेरामा भएको शसत्रले गोली हान्न इन्कार गरेको घटनाले विभत्स रुप लिएको बताएपछि शसत्र र नेपाल प्रहरीबिच शितयुद्ध सुरु भएको छ । तर यो समय शक्तिकेन्द्रहरुको लड्ने समय नभई संयमित भएर आवश्यक र चाहिने विबेक र शक्ति प्रयोग गरेर अगाडी बढ्नु पर्ने बेला आएको छ । नत्र नेपाल जातिय र आन्तरिक द्धन्द्धमा फस्न रत्तीभर लाग्ने छैन ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment