नाक–कानको सुन बेचेर जस्ता किने भूकम्पपीडितले

a


काभ्रे – जति–जति जाडो मौसम बढ्दैछ, त्यति–त्यति तनाव भूकम्प प्रभावित जिल्लामा पनि बढ्दो छ । बल्ल बल्ल बर्षायाम विताएका भूकम्प पीडितका लागि जाडो मौसम काल बनेर आउँदैछ । तर, सिंहदरवारको उनीहरुको दुःखमा मलम लगाउने तिर ध्यानै गएको छैन् ।
केही दिनयता झरीसँगै बढेको अत्यधिक चिसोले कचेटी परेका ओठ लेप्रायाउँदै डाँडागाउँ–२ की ७० वर्षिय शान्ति मायाँ तामाङ बोलिन ‘त्रिपालको ओतले झरी पर्दा थाम्न सकेन, अव चिसो कसरी धान्छ ?’ जीवनसँग दुरी बनाउनुपर्ने बाध्यतातर्फ लक्षित गर्देै उनले थपिन्, ‘यस्तो कष्ट सहर बाँच्नुभन्दा त मर्नै पाए हुन्थ्यो, त्रिपालको नाममात्रैको ओत ।’



त्रिपालमा ठण्डी छिचोल्नुको सकस छँदैछ, त्यसमाथि भोक–निन्द्रा नै खोस्ने गरी दुश्मनझैं खनिइरहेछ झरी । केटाकेटी र बुढाबुढीका लागि निकै ठूलो संकठ बनेको छ । ‘दैव पनि निष्ठूरी रै’छ, दुःखीमाथि नै खनिन्छ,’ गएको बैशाखमा भूकम्पले घरबारविहीन भएर विस्थापित शिविरमा प्राण धानिरहेकी शान्तिले जीवनदेखि नै हार खाएझैं सुस्केरा हालिन, ‘गरिब–दुःखीको कोही हुन्न भन्थे, हो रै’छ, ईश्वरले नि नहेर्ने रहेछन् । आफूले चाहेर मात्रै काल आउँदोरहेनछ ।’
बिहीबार रातभर झरी थामिएन । पानीका धारा लागेको ओतभित्र आँखा झिमिक्कै भएनन् उनका । सम्झ्दै भनिन्, ‘त्यो रात भोकै सुतेँ । चुलो बाल्ने ठाउँमा हिलैहिलो भयो । ज्यान जोगाउनै धौधौ भो ।’ भित्रैको पीडाले उनका गहिरा आँखा रसाएर आँसु खस्न थाले । केही छिनमा उनी बोल्न सकिनन्, रोइन मात्र ।
भूकम्पले घरबाट पाटोमा पाटोबाट बाटोमा पु¥याएपछि विस्थापितले गतिलो बास पाइएला भन्ने आस गरेको पनि ७ महिना बितिसक्यो । सरकार यति निर्दयी बन्यो कि यो दायित्व आफ्नो नै होइन जसरी बेमतलबी बन्यो । विस्थापितको पालसम्म फेरिएन । कात्तिक महिनामै झरीका कारण अत्याधिक चिसोले भूकम्पबाट विस्थापितहरु रातभर सुत्न नसकिने अबस्था छ ।
दाताले थमाइदिएका त्रिपाल च्यातिइसकेको छ । कम्बल टुक्रा–टुक्रा परिसकेको छ, त्यही काखी च्यापेर रातभर जागै बस्छन् । दाताले दिएका पुराना त्रिपालका टुक्रा च्यातिइसकेका छन् । शीतसमेत ओत्न नसक्ने त्रिपालले झरीको थोपासम्म छेक्दैन । ओत छाडेर अन्यत्र जाने ठाउँ कतै छैन ।
‘कपडा च्यापेर रातभर जागै बस्छन, ‘अर्का वाल्टिकङ–२ का लालबहादुर तामाङले भने, ‘पानी छेकिन्न, भिजाइरहन्छ, चुलो ओभानो हुनै पाएन, दाउरा सबै भिज्यो, कसरी पकाएर खानु ।’
उनीजस्तै अरुको पनि गुनासो छ । ‘बादल कहिले फाट्ला र आङमा घाम लाग्ला भन्ने भा’छ, ‘स्थानीय रमेश तामाङ भने, ‘सबभन्दा बढी बिचल्ली बालबच्चाको छ, चिसोले रोएरै रात काट्छन ्।’
चिसोले बिरामी पर्न थाले
च्यासिङखर्क–५ की माइली मायाँ तामाङ दमका रोगी हुन । उनलाई चिसोका कारण अस्थायी टहरामा बस्न असज भएको छ ।
चिसोले दम बढ्न थालेपछि सहजका लागि उनका छोराले अस्पताल जाने र ल्याउने गर्दैमा हैरान छ । । उनी जस्तै सोही गाउँको अधिकांशमा ज्वरो, रुघाखोकी तथा टाउको दुख्ने समस्या छ । चिसोका कारण थलिएका छन । ’बिरामी परेर हिँड्न पनि सक्दिनँ,’ माइली मायँले भनिन्, ‘तातोमा बस्न पाए कति हुँदो हो ।’
भूकम्प पिडितले गहना बेचेर टहरा
फलोमटार–९ की काचनछीमायाँ तामाङले बनेपाको एक सुन पसलमा आफूले लगाएको कानको झुम्का बेचिन । पसलमा सुन बिक्री गर्न आएकी कान्छीमायाँको एउटै उद्देश्य थियो सुन बेचेर जस्ताको टहरा जोड्ने ।
७ महिनासम्म सरकारले १५ हजार बाहेक केही नगरेपछि बनेपाको सुन पसलेलाई आफूले लगाएको झुम्का, तिल्हरी र औँठी बेचेर जुनी मायाँले ४० हजार जम्मा गरी नजिकैको अर्को हाड्वेयर पसलमा पुगेर जस्ता खरिद गरिन् ।
‘मेरो सुन लिईदिनुस भनेर धेरै जसो महिलाहरू आउनुहुन्छ, केही पुरुषहरू पनि आउने गर्नुहुन्छ’ बनेपा चारदोबाटोका राजेश सुनचाँदी गहना पसलका सञ्चालक कृष्ण श्रेष्ठले भने ।’
गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको शक्तिशाली कम्पनले घर भत्काइदिएपछि अस्थायी कटेरा बनाउन जिल्लाका स्थानीयले सुनसमेत बेचेर जस्ता पाता खरिद गर्न थालेका छन् । अझैपनि जस्ता खरिदका लागि पनौती, बनेपा र धुलिखेलमा आइपुग्ने अधिकांश महिला र केही पुरुष सुन बेचेर छानोको जोहो गर्नेहरू भेटिने गरेको स्थानीय बताउँछन् । कान्छीका श्रीमान रोजगारीका क्रममा खाडी मुलुकमा छन् ।
‘श्रीमान खाडी मुलुक मलेसियामा श्रम गरिरहनुभएको छ, यहाँ खानामा समस्या भयो, छ जनाको परिवार पाल्नु छ, आफ्नो घर लड्यो त्यसैले सुन बेचेर भएपनि परिवार त पाल्नै पर्यो’ सानो बच्चा काखमा बोकेकी मङ्गलीले आँखाभरि आँसु पार्दै सुन बेच्दै भनिन्– ‘विपत्तीले गर्नु गर्यो , घरमा जस्ता किनेर लगेर डकर्मीलाई दिने पैसा समेत यहीबाट पु¥याउनु छ ।’
अझै अन्यौलमा भूकम्प पिडित
भूकम्प गएको सात महिना लाग्द पनि सरकारको नीति अस्पष्ट हुँदा घर बनाउने कि नबाउने भन्ने पिरलोमा परेका छन भूकम्प पिडितहरु ।
वर्षात र हावाहुरीको समय पाल र कटेजमा काटेका पिडित अब फेरी जाडोको किठनाई भोग्न बाध्य भएका छन । सरकारले पुननिर्माणमा के कस्तो नीति अपनाउने भन्ने विषयमा समेत अग्रसर हुन नसकेपछि भूकम्पपीडितहरु झन् पीडामा परेका हुन । प्रति पिडित २ लाखका दरले दिने भनि गरिएको निर्णय र बैँकले २ प्रतिशतमा दिने भनेको ऋणको समेत टुंगो नलागेपछि अब भूकम्प पीडित घर बनाउने कि नबनाउने भन्ने समस्यामा परेका छन । कतिपय पीडित अझै पनि चौरमा पाल टाँगेर बसिरहेका छन ।
धेरैको बास अस्थायी टहराभित्र छ । बर्षायम त्रासमै बिताएका भूकम्प पीडितले जाडोले पनि छोड्ने वाला छैन ।

संघसंस्थाले दिएको राहत सकिदै गएपछि पूर्ण क्षति भएको क्षेत्रका स्थानीय समस्यामा छन । सरकारको उदासिनताका कारण पिडितमा निरासा बढेको छ । दुर्गम क्षेत्रमा पर्ने फलामेटार–९ हत्तिडाँडाका भूकम्प पिडित गणेश बहादुर ब्लोनले भने ‘अहिलेसम्म त जेनतेन बसिएका छन । अब बिहान बेलुका जाडोले सताउन थाल्यो । अर्काे घर बनाउन पनि समस्या छ । न सरकारले बनाइदिने कुरा गर्छ न आफै बनाउन सम्भव छ । बैशाख जेठको चर्काे घाम, असार साउनको दर्के झरी र भदौको उर्लदो भेल पाल र टहरामै कठाएका ढकाल जस्ता ७० हजार छन काभ्रेमा । यस्तै नयाँगाउ देउपुरका भक्तबहादुर तामाङल भन्छन–‘क े हुन’ मन पोलेको छ अब त भगवानकै भरोसा छ । कतैबाट सहयोग जुटला जस्तो छैन । ७ महिना भैसक्यो व्यवस्थित बसोबास र पानपानको व्यवस्था अझै हुन सकेको छैन । हामी त समस्यै समस्यामा छौ ।’ घर पूर्ण रुपमा क्षति भएको भूकम्प पिडितका लागि १५ हजार रुपैया बाहेक थप रकम अहिलेसम्म दिएको छैन । आज देला भोलि देला भन्दा भन्दै ७ महिना बितिसक्यो भूकम्प पीडितको जिन्दगी झन झन कष्कर बन्दै गएको छ । सरकारले दिने भनेको रकम दिनेनदिने टुंगो छैन, काम खोज्न जाँदा काम पनि पाइदैन , सास धान्ने पनि गाह्रो भैसकेको छ । ’
को–कोले अझै पाएको छैन किरियाखर्च ?
श्रीमान् इन्द्रबहादुर स्याङ्तानको मृत्यु भएपछि काभ्रे फलामेटार–९ हात्तीडाँडाकी ठूलीमाया स्याङ्तानको परिवार बिचल्लीमा परेको छ । कमजोर आर्थिक अवस्था भएको स्याङ्तान परिवारमा खाने अन्नसमेत छैन ।
सरकारले भूकम्पबाट मृत्यु भएका परिवारलाई किरिया खर्च दिने आसमा ठूलीमायाले साहुकोमा ऋण काढेर श्रीमान्को दाहसंस्कार गरिन् । तर, भूकम्प गएको ६ महिना बितिसक्दा पनि उनले न त किरिया खर्च पाएकी छन्, न त केही राहत नै । अहिले उनलाई श्रीमान्को किरियाका लागि लिएको ३० हजार रुपैयाँ कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
भूकम्पपछि भत्किएको घरको सामान झिक्न जाँदा खार्पाचोककी सानुमाया तामाङको वैशाख २९ गते घरले किचेर र पनौतीका प्रशान्त सापकोटाको करेन्ट लागेर मृत्यु भयो । भूकम्पपछिको अविरल वर्षाका कारण अस्थायी टहरामा बसेका टुकचा गाविस–८ का ४१ वर्षीय लक्ष्मण केसी र उनकी पत्नी ३५ वर्षीया गीता केसीको भदौ ३ गते टहराले किचेर मृत्यु भएको थियो । उनीहरूको परिवारले पनि अझै राहत नपाएको बताएका छन् । कागजी प्रक्रिया र्पुयाए पनि अहिलेसम्म नपाएपछि दिनहुँ जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएको उनका आफन्त बताउँछन् । गैरीबिसौना देउपुर–२ का ७४ वर्षीय बाबुराम दमाई, जैसीथोक गाविस–६ का १४ महिनाका दोर्जे तामाङ, चन्डेनी मण्डन गाविस–३ का ५० वर्षीया विष्णुमाया अच्छामी र बल्थली गाविस–७ का ८२ वर्षीय कृष्णबहादुर थापाको भूकम्पमा परी मृत्यु भएको थियो । यसअघि जिल्लामा तीन सय १८ जनाको मृत्यु भएको भनिँदै आएकोमा अब यो संख्या तीन सय २२ पुगेको छ । काभ्रेका ४९ जनाको अन्य जिल्लामा भूकम्पमा परी मृत्यु भएको थियो ।
यसैगरी, भूकम्पमा परी मृत्यु भएकी नाल्दुम बालुवापाटी गाविस–२ की ७३ वर्षीया कान्छीमाया तामाङ, भूकम्पमा घाइते भएर पछि मृत्यु भएका सोही गाविस–४ का ५० वर्षीय लालबहादुर तामाङ, काशिखण्ड नपा–७ राक्सीका ८३ वर्षीय पालुङ लामालगायत अन्य परिवारले अझै राहत सुविधा पाउन नसकेको गुनासो गरिरहेका छन् ।
काभ्रे जिल्लामा १४ हजार आठ सय १४ जना घाइते भएको, ३१ ओटा सरकारी कार्यालय पूर्ण क्षति भएको, नौ सय २७ वटा सार्वजनिक भवन तथा मठमन्दिर, ९१ प्रतिशत सर्वसाधारणका घर भत्किएको तथ्यांक जिल्ला दैवी प्रकोप उद्धार समितिले दिएको छ । भूकम्पपछि सरकारी राहत वितरण समान ढंगबाट भए पनि सडक पुगेका स्थानमा स्वदेशी तथा विदेशी गैसस पुगेका छन् । सडक नपुगेका स्थानमा केही हुन सकेको देखिन्न ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment