a
|
एजेन्सी ,चीन संसारमा अनौठा र अपत्यारिल काम गर्न निकै सिपालु देशमा पर्दछ । बिकासको चरम सीमा पर गर्दै संसारलाईनै चुनौती दिरहेको चीनले ल्याण्ड रोवर ब्रान्डको ४५औ स्थापना दिवसको अवसरमा कागजको पुल बनाई त्यस माथि गाडी गुडाएर संसारलाई अचम्मित बनाई दिएको छ ।
ल्याण्ड रोवर ब्रान्डको ४५औ स्थापना दिवसको अवसरमा ५ मिटर लामो कागजको पुलमा २ ,३७४ किलोको गाडी कुदाएका छन । ब्रिटिश निर्माता जेम्स क्रॉपर पीएलसी द्वारा उपलब्ध गराईएको ५४ ,३९० कागजको टुक्रा बाट बनाईएको पुलबाट सो गाडी कुदाईएको थियो । एन्वायरमेंटल आर्टिस्ट स्टीव मैसम द्वारा डिजाइन गरिएको उक्त पुल निर्माण गर्न तीन दिन लागेको थियो , भने जसमा गम तथा पिन काटी वा टास्ने कुनै पनि बस्तुको प्रयोग गरिएको थिएन ।
a
|
0 comments:
Post a Comment