चीनको साढे ६ लाख लिटर पेट्रोल नेपाल आयो

a


कार्तिक २२, २०७२- चीनले अनुदानमा दिएको एक हजार मेट्रिकटन पेट्रोलियम पदार्थ मध्ये आधा नेपाल भित्रिएको छ ।

आइतबारमा २७ वटा ट्यांकरले साझ मात्रै २ लाख ४८ हजार लिटर रसुवागढी नाकाबाट भित्रेको रसुवा भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिए । अहिलेसम्म ६ लाख ५५ हजार लिटर पेट्रोलियम पदार्थ नेपाल भित्रेको हो । अव ६ लाख ४५ हजार पेट्रोल नेपाल ल्याउन बाँकी छ । हालसम्म जम्मा ७१ ट्यांकर पेट्रोलिम पदार्थ आएका छन् ।

नेपाली ट्यांकरले चीनीया दूतावासबाट चालक, सहचालक र ट्यांकर नम्बर चीनको केरुङ छिर्ने अनुमति दिएपछि ती ट्यांकरले नेपाल आयल निगम मार्फत पेट्रोलियम पदार्थ ल्याएका हुन् । ल्याइएका पेट्रोलियम पदार्थ युरो स्ट्यान्डर चार रहेको आयल निगमले जनाएको छ । निगमले २ लट गरेर सबै इन्धन नेपाल भित्र्याउने निगमका निर्देशक तथा प्रवक्ता दिपक बरालले जानकारी दिए ।

चीनले नेपाललाई दिन भनेर दुई दिन लगाएर ल्हासाहुदै केरुङमा पेट्रोल ल्याएको हो । मधेस आन्दोलनले पेट्रोलियम पदार्थ भित्रन सहज नभएपछि निगमले इन्धन खरिद सम्झौता गरेर चीनबाट पेट्रोलियम पदार्थ ल्याउन थालेको हो । चीनबाट यसरी पेट्रोलियम पदार्थ ल्याएको पहिलो हो । रसुवागढी आईपुगेको तेल आईतबार साँझसम्म थानकोट डिपोमा जम्मा हुनेगरी पठाईएको छ ।

तिहार अघि र तिहारपछि गरेर सबै तेल ल्याउछौ, आयल निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए । बाटोको खराबीका कारण १२ हजार लिटर क्षमता भएको नेपाली ट्याङकरले ७ देखि ९ हजार लिटरका दरले तेल ढुवानी गरेका छन् । उक्त अनुदानको तेल ल्याउँदा रसुवा भन्सारलाई नेपाल आयल निगमले तिर्नुपर्ने ३ करोड ६४ लाख रुपयाँ राजश्व जनता बैंक मार्फत ड्राफ्ट गरेर पठाईसकेपछि भन्सार जाँच पास छुटाउन थालिएको हो ।


a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment