अब ईन्धन स्टक सकिनै आँट्यो, अत्यावश्यकबाहेक अरुको कोटा घट्ने

a

निजी क्षेत्रले सक्ने भए ल्याएर बेच्न पाउने
काठमाडौं – ४६ दिनको भारतीय नाकाबन्दी र आन्दोलनरत दलको सीमा अवरोधका कारण ईन्धन संकट व्यहोरेको नेपालमा ईन्धन मौज्दात सकिन आँटेको छ । असोज ७ गतेदेखि आँशिक रुपमा आयात भएको ईन्धन पाँचदिनदेखि भारतले पूर्णतया बन्द गरेपछि नेपालमा स्टक रित्तिन आँटेको आयलत निगमले जनाएको छ । ‘नाकाबन्दीपछि ल्याउँदै बेच्दै गरीएको हो, अव पाँचदिनदेखि आउनै नसकेपछि स्टक रीत्तिने भयो नि,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले रातोपाटीसंग भने, ‘थप नआउन्जेल स्टक छैन ।’
स्टक रित्तिने अवस्था भएपछि अब अत्यावश्यक वाहेक अरु सवारी साधनलाई अहिलेकै अवस्थामा तेल दिन नसकिने पनि उनले बताए । ‘केही दिनका लागि अलि–अलि त पाउलान् तर त्यो पनि अलिकति कोटा घटाएर मात्रै,’ उनले भने ‘केही दिनपछि त्यो पनि सकिन्छ ।’
निगमका अनुसार डिजल र पेट्रोल र हवाई ईन्धनको स्टक केही परिणाममा भएपनि खाना पकाउने ग्यास भने सकिएको छ । चीनबाट आउने अनुदानको तेल पेट्रोलबाहेक ईन्धन आपूर्तिको अन्य केही विकल्प पनि छैन । आयल निगमसँग केही विकल्प नभएकोले अव सरकारको निर्णयको पर्खाईमा रहेको कार्यकारी निर्देशक खड्काले बताए । ‘हामीले त के विकल्प सोँच्नु, पहल गरेका हाँै, त्यसबाट भएन’ उनले भने ‘अब सरकारले जे निर्णय गर्छ, त्यहि हो विकल्प ।’


ईन्धनको विकल्पका लागि सरकारले चीनसंग सम्झौता गरेपनि अहिले व्यापारीक प्रयोजनको तेल ल्याउन प्राविधीक विषयमा छलफल भैरहेको निगमले जनाएको छ । ‘कति परीणाममा ल्याउने, कुन मूल्यमा ल्याउने, कसरी ल्याउने भन्ने अझै छलफलकै क्रममा छ ।’ निगमका निर्देशक मुकुन्द घिमीरेले भने ‘पेट्रो चाईनाले विभिन्न तथ्याँक मागेकोले हामीले पठाएका छौँ ।’
नेपालमा सरदर १ हजार १ सय केएल पेट्रोल, २ हजार ७ सय केएल डिजल, १ सय केएल मटितेल, ६ सय केएल हवाई ईन्धन र ६५ हजार सिलिण्डर ग्याँस दैनिक रुपमा वितरण हुँदै आएको थियो । तर ईन्धन अभावपछि सबै ईन्धन अत्यधिक कटौती भएको छ । भारतीय आयल निगमले तेल दिन सक्ने भएपनि यो सरकार सरकारबीचको राजनीतिक कुरा भएकोले छिटो कुटनितिक पहल हुनुपर्ने निगमका अधिकारीहरुले बताएका छन् ।
तीनसय ट्यांकर र ३ सय २१ बुलेट भारतमै रोकिए
उता भारतमा लोड भएर रहेका तीनसय ट्यांकर ईन्धन र ३ सय २१ बुलेट एलपी ग्याँस भारतले ल्याउन नदिएर रोकेर राखेको छ । नाकाबन्दी भन्दा अघि र पछि विभीन्न समयमा भारतमा लोड भएका ति ईन्धन बोकेका सवारी साधन लामोसमयदेखि भारतमै रोकिएका हुन । ‘लगभग चारलाख सिलिण्डर एलपि ग्याँस र तीनसय ट्यांकर भारतका विभिन्न स्थानमा लोड गरेर रोकिएका छन्,’ निर्देशक घिमिरेले भने ।
निगमका अनुसार पेट्रोल ६६ ट्यांकरमा ९ सय ८० केएल, डिजल २ सय ५१ ट्यांकरमा ४ हजार ४ सय ६८ केएल, मटितेल ४ टयाँकरमा ४८ केएल र हवाई ईन्धन १५ ट्यांकरमा ३ सय केएल भारतमै रोकर राखिएको छ । त्यस्तै ३ सय २१ बुलेटमा ५ हजार ६ सय ७० मेट्रिकटन ग्याँस पनि भारतका विभिन्न नाकामा रोकिएको निगमले जानकारी दिएको छ । सो ग्याँस ३ लाख ९९ हजार २ सय ८१ सिलिण्डर हो ।

बिराटसंगको सम्झौतालाई गलत अर्थ नलगाएमा ल्याउन सक्छ
विराट पेट्रोलियमले ल्याउने भनेको तेल ल्याउन नसकेको विषयमा निगमका अधिकारीहरुले नै फरक फरक प्रतिकृया दिएका छन् । निगमका कार्यकारी दिर्नेशक खड्का र निर्देशक मुकुन्द घिमीरेको फरक फरक धारणा आएको हो । उ संगको सम्झौतालाई गलत अर्थ लगाएकोले उसले नल्याएको खड्काको दावी छ आफै ल्याउन नसकेको नभई अनेक टिका–टिप्पणी भएकोले रेटको कुरा छलफल गर्दा नमिलेर नल्याएको खड्काको भनाई छ । ‘उ ब्ल्याकलिष्टेट भनियो तर हुँदै होईन, बैक ग्यारेण्टी लिएर पैसा दिएको हो पनि गलत भयो भनेपछि हामी के गर्ने ?’ उनले भने ‘गलत अर्थ लगाएन भने उसले ल्याउन सक्छ ।’
निर्देशक घिमिरेले भने भने सम्झौता अनुसार तेल ल्याउन नसकेपछि खारेजगरी पाउँ भनेर निवेदन दिएको बताए । ‘१५ दिन भित्र ल्याउने भनिएकोमा नसकेपछि केही समय म्याद थप पनि गरीयो ।’ उनले भने ‘२५ ट्यांकर खडा भएको भनेपनि त्यो पनि हामीले देखेनौँ, त्यसपछि सम्झौता अनुसार काम गर्न नसकेपछि खारेज गरीपाउँ भनेको छ ।’
अब जसले सक्छ उसले ल्याउँछ
नेपालमा अव अव निजी क्षेत्रले जसले सक्छ उसैले तेल ल्याएर विक्री गर्न सक्ने छ । सरकारले गत कार्तिक २ गते राजपत्रमा सूचना जारी गरीसेकेको ले सोही अनुसार निजि क्षेत्रले तेल ल्याएर बेच्न पाउनेछन् । आयल निगमले शुरु गरेको ठेक्का प्रकृया राजपत्रका सूचना आउनु पूर्वको कुरा भएकोले त्यो पनि असफल भएपनि अव सक्नेले तेल ल्याएर बेच्न पाउने निगमको भनाई छ । ‘हामीले शुरु गरेको प्रकृया राजपत्र भन्दा अगाडीको कुरा हो । ’ निगमका कार्यकारी निर्देशक घिमीरेले भने ‘२ गते राजपत्रमा आएको सूचनाका आधारमा अव निजी क्षेत्रले आफै ल्याएर बेच्न सक्छन् ।’ निजी क्षेत्रले ल्याएको तेल निगमले किन्दैन, आफूखुसी बेच्न पाईने पनि उनले बताए ।
अव केहीले निजि क्षेत्रले ल्याउर बेच्ने आशा रहेको निगमले जनाएको छ । ‘हामीले पनि नो अव्जेक्सन दिएका छाँै, उनीहरुमध्ये कोहीले ल्याउलान् ।’ खड्काले भने ।

सरकारले मूल्य निर्धारण नगरेमा हवाई ईन्धन पनि आउँदैन
नाकाबन्दीका कारण हवाई ईन्धनको मौज्दात पनि रीत्तिनै आँटेको छ । तर हवाई ईन्धन पनि अव नआउने निगमले जनाएको छ । नेपाल आयल निगमले हवाई ईन्धनका लागि पनि निजि क्षेत्रसंग सम्झौता गर्ने तैयारी गरेको अवस्थामा गलत अर्थ लगाईएकोले अव हवाई ईन्धन पनि नआनउने खड्काले बताए । ‘आँट कसले गर्ने ? नहुने चिज भनेपछि ।’ उनले रातोपाटीसंग भने ‘कि सरकारले रेट निर्धारण गरीदिनुप¥यो । नत्र आउँदैन ।’
वाुूसेवा कम्पनीहरुले अत्यावस्यक बाहेकका उडान आजदेखि बन्द गरीसकेका छन् । ‘आजदेखि पहाडी दुर्गम जिल्लाको बाहेक अन्य आन्तरीक उडान कटौती गर्ने भनिसकेका छौँ,।’ उनले भने ‘आज मुस्किलले चल्यो, अव अत्यावस्यक पनि हवाई ईन्धन नभएपछि चल्न सक्दैनन् ।’
यसअघि भारतबाट हवाईजहाजमार्फत हवाई ईन्धन ल्याउने भनेको बायुसेवाले पनि अव ल्याउन नसक्ने जानकारी निगमलाई दिएको उनले बताए । ‘ल्याएपनि अरुलाई दिन सक्ने अवस्था थिएन,’ उनले भने ‘अहिले उसले पनि ल्याउन नसक्ने भन्यो ।’

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment