a
|
कार्तिक २८, २०७२- राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति फ्रान्समा भएको आतंकवादी हमलाको भर्त्सना गरेकी छन् ।
समकक्षी फाँस्वा ओलन्डलाई सन्देश पठाई शोकको यस घडीमा नेपाल सरकार र नेपाली जनता फ्रान्स सरकार र फ्रान्सेली जनताको साथमा रहेको उल्लेख गरेकी छन् ।
फ्रान्सको राजधानी पेरिसका विभिन्न स्थानमा शुक्रबार राति दर्जनौं विस्फोट भएको थियो । जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल भइरहेको राष्ट्रिय रंगशाला बाहिर सबैभन्दा ठूलो विस्फोट राति ९ बजे भएको थियो ।
a
|
0 comments:
Post a Comment