तमासाले देखाउँन नपाउँने भयो नेपाली दर्शकका सामु धमाका, रोकियो नेपाली हलमा हिन्दी फिल्म प्रसारण

a

काठमाडौं, १० मंसिर । भारतीय नाकाबन्दीको बिरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले विहीबारदेखि नेपालमा हिन्दी चलचित्र र हिन्दी टेलिभिजन च्यानल बन्द गराएको छ । भारतीय नाकाबन्दीको विरोधस्वरुप देशभर हिन्दी च्यानल र चलचित्रमा रोक लगाएको नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्माले बताएका छन् । नेकपा माओवादीले चलचित्र हल र केबुल सञ्चालकहरुलाई हिन्दी चलचित्र तथा च्यानलहरु प्रसारण बन्द गराउन पत्राचर गरिसकेको छ । केबल सञ्चालक र चलचित्र हल सञ्चालकहरुलाई हिन्दी च्यानल र चलचित्र बन्द गर्न भनिसकेको र त्यसमा साथ नदिए राष्ट्रिय स्वाधिनताका लागि आफ्नै तरिकाले बन्द गर्न आफ्ना इन्जिनियरहरु तयार रहेको माओबादीको भनाई छ ।

माओवादीले भारतीय नम्बर प्लेटका मालवाहक गाडिहरु पनि चल्न नदिने जनाएको छ । भारतले गरेको अघोषित नाकाबन्दीलाई नेपाली सार्वभौममाथिको हस्तक्षेप भएको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले चरणबद्ध रुपमा आन्दोलन घोषणा गरि त्यसको विरोध गरिरहेको छ । नाकाबन्दीको विरोधमा माओवादीले मंसिर १३ गते नोपालबन्दको आयोजना समेत गरेको छ । यसअघि पनि नेकपा माओवादीले भारतको नाकाबन्दीको विरोधमा विभिन्न चरणका आन्दोलन गरेको थियो भने केबुल ससञ्चालकहरुले स्वतःस्फूर्तरुपमा हिन्दी च्यानल बन्द गरेका थिए । तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको दबावमा हिन्दी च्यानलको प्रसारण पुनः सुरु गरिएको थियो ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment