a
|
एजेन्सी– इराक र सिरियालाई आफ्नो आपराधिक गढ बनाउँदै आएको मुस्लिम आतंककारी संगठन आइएसले शुक्रबार राति पेरीसमा भएको हमलाको जिम्मेवारी लिएको छ ।
संगठनले आफ्ना लडाकुले पेरिसमा आक्रमण गरेको विज्ञप्तिमार्फत जिम्मा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पेरिसका छुट्टाछुट्टै स्थानमा भएको श्रृंखलाबद्ध आतंककारी हमलामा हालसम्म कम्तीमा १५३ जनाको मृत्यु भइसकेको छ ।
एजेन्सीका अनुसार आतंककारीहरुले अटोमेटिक राइफलबाट अन्धाधुन्द गोली चलाउनुको साथै ब्लाष्ट गराएका थिए ।
सबैभन्दा ठूलो आक्रमण पेरिसको बेटाक्लाँ कन्सर्ट हलमा भएको थियो। कन्सर्ट हेरिरहेका मानिसहरुलाई लक्षित गर्दै एकजना बन्दुधकारीले नजिकैबाट फायरिङ्ग गरेको थियो। सो अघि एउटा रेष्टुराँमा बन्दूकधारीहरूले हमला गरी १० जनाको हत्या गरेका थिए। हमलाको तेस्रो निसाना फ्रान्स र जर्मनीको खेल भइरहेको एउटा रंगशाला भएको समाचारमा जनाइएको छ । घटनामा सयौं घाइते भएको समेत जनाइएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
१० महिना अघि पनि कार्टुन म्यागेजिन चार्ली हेब्डोको कार्यालयमा आतंककारी आक्रमणकारी हमला भएको थियो।
हमलाको विश्वभरबाट निन्दा गरिएको छ ।
a
|
0 comments:
Post a Comment