a
|
काठमाडौँ -नेपालीको दोस्रो ठूलो चाड तिहार आज हर्षोल्लासका साथ सम्पन्न भएको छ ।
नेपालमा संविधान जारी भएसँगै तराईमा भएको बन्द, हड्ताल र भारतले लगाएको नाकाबन्दीका कारण इन्धन अभावका बीच पनि नेपालीले नेपाली संस्कृतिसँग जोडिएको तिहार पर्वलाई उत्साहपूर्वक मनाए । दिदीसँग टीका थाप्नका लागि पोखराबाट काठमाडौँ आउनुभएका दीपक सङ्गमले नाकाबन्दीको कारण यस पालिको तिहार विगतको जस्तो सबैलाई रमाइलो नभए पनि समग्रमा रमाइलै भएको बताउए ।
“ काठमाडौँमा दिदी भएका कारण टीका थाप्न आउनुपर्ने गाडी नपाउँदा धेरै दुःख पाइयो, यो तिहारमा म जस्ता धेरैले दुःख पाएका छन् , कतिले त गाडी नपाएका कारण आफ्ना दिदीबहिनीको हातको टीका लगाउनै पाएनन्”–उनले भने ।
एकातिर तिहार मनाउन जानका लागि गाडी नपाउने, अर्कातिर तिहारका लागि आवश्यक सामग्री महँगो, बजारमा खानेतेल लगायतको चरम अभावका बीच पनि तिहार रमाइलो भएको अनामनगरका सागर महर्जनले बताए ।
इन्धन अभावका कारण धेरै सर्वसाधारण गाडीमा झुन्डिएरै भए पनि दिदीबहिनीकहाँ पुगेका र फर्केका थिए ।
a
|
0 comments:
Post a Comment