a
|
ग्वाटेमाला – ग्वाटेमाला मेक्सिकोसँग जोडिएको देश हो । यो देश अहिले उमेरभन्दा अघि नै किशोरीहरु गर्भवती भएको विषयलाई लिएर अन्तर्राष्टिय सञ्चारमाध्यमको हेडलाईन्स बनेको छ । सन् २०१४ मा ग्वाटेमालामा १४ वर्षमूनिका ५ हजार १ सय बालिकाले बच्चा जन्माएका थिए । बलात्कार र यौनहिंसाका घटना ग्वाटेमालामा सामान्य हुन् । चर्चका पादरीहरुले यौन शिक्षामा रोक लगाएका कारण बालिकाहरुलाई कसरी गर्भ बस्छ भन्ने समेत ज्ञान छैन् । पूरुषहरुले किशोरीहरुलाई आफ्नो सम्पत्ति ठान्ने गरेका कारण पनि समस्या देखिने गरेको छ । किशोरीहरुमाथि हुने बलात्कारको घटनामा कमी ल्याउन सरकारले भर्खरै १८ वर्षमूनिका बालिकाहरुको विहे गर्न नमिल्ने कानून ल्याएको छ । तर कानूनको पालना भएको छैन् । किशोरावस्थामा गर्भवती हुने बालिकाहरुमध्ये ९० प्रतिशतले आफ्नै काका, काकाका छोरा वा अन्य आफन्तको शोषणपछि बच्चा जन्माउँछन् । त्यसमध्ये ३० प्रतिशत बालिका आफ्नै बाबुले बलात्कार गरेपछि बच्चा जन्माउन बाध्य हुन्छन् ।
- See more at:
a
|
0 comments:
Post a Comment