a
|
बेरुत-शुक्रबार भएको बम हमलामा परी कम्तीमा पनि ४३ जनाको ज्यान गएको समाचार छ । सो आक्रमणमा परी अरु करिब २४० जना घाइते भएका छन् । बम शक्तिशाली रहेको र एकै समय पारी दुई वटा बम विस्फोट गराइएको थियो । उक्त हमलाको जिम्मेवारी मुस्लिम जिहादीहरुको समूह आइएसले लिएको पनि बताइएको छ । बुर्ज अल बारिजा नगरमा रहेको एक व्यस्त बजारमा सो विस्फोट भएको थियो । बम विस्फोटमा परी घाइतेभएका मध्ये अधिकांशको अवस्था अत्यन्तै गम्भीर रहेको पनि समाचारमा जनाइएको छ । रेडक्रसले अस्पताल भर्ना भएकामध्ये कैयौँको अवस्था नाजुक रहेको जनाएको हो । सिया मुस्लिम समुदायका नागरिकको बाहुल्यता रहेको भनिएको सो घटनाको जिम्मेवारी आइएसले लिएको छ । तर यस बारेमा सरकारले केही बताएको छैन । लेबनानमा भएको यो शक्तिशाली हमलाको जिम्मेवारी आइएसले पहिलो पटक लिएको हो । यसअघि लेबनानमा आइएसको प्रभाव रहेको बारेमा कुनै पनि चर्चा हुने गरेको थिएन । यति ठूलो सङ्ख्यामा नागरिक हताहति भएको लेबनानमा सरकारले शुक्रबारलाई शोकको घोषणा गरेको छ । प्रहरीले सो अक्रमणको खोजी व्यापक मात्रामा गरिरहेको छ । तर यस विषयमा उसले भने केही बताएको छैन ।
a
|
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment