सेक्स सम्बन्धि केही रोचक तथा यी तथ्यहरु

a


काठमाडौं । हरेक मानिस आफ्नो यौनजीवन सफल बनाउन चाहान्छन् । र उनीहरु यसका सधैं सोचिरहेका पनि हुन्छन् । यसैलाई मध्यनजर गर्दै अनुसन्धानकर्ताहरुको भनाइलाई आधार मानेर सेक्स सम्बन्धि केही रोचक तथा तथ्यहरु यहाँ उल्लेख गरिएको छ ।

१. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।

२. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।

३. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । ४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।

५. योनीमा रक्तसञ्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् । ६. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा महिनावारी नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।

७. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् । ८. महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिँदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।

९. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।

१०. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।

११ . एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।

१२ . ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।

१३ . आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन् ।

१४ . पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।

१५.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।

१६. अमेरिकामा एक तिहाई महिला तथा पुरुषले किशोर उमेरमै सेक्सको अनुभव लिइसकेका हुन्छन् ।- See more at: http://medianp.com/2015/11/73840.html#sthash.xyD1xrlR.dpuf
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment