नायिका पुजना प्रधानले भावुक हुँदै भनिन् :- बच्चाहरुसँगको मेरो माया ठूलो छ (भिडियो सहित)

a



काठमाडौं, ८ मंसिर । पछिल्लो समय धेरै कलाकारहरु आफ्नो कलाकारितासँगै समाज सेवामा लागेका छन् । यहि मेसोमा छन् नायिका पुजना प्रधान । समाज सेवामा पनि सडक बालबालीकाको क्षेत्रमा काम गर्न रुची राख्ने पुजनाले सडक बालबालीकाको कथालाई टिपेर एउटा चलचित्र स्क्रिप्ट तयार पारिन । त्यहि उनले लेखेको स्क्रिप्ट चलचित्रका रुपमा बाहिर आयो ‘चक्लेट’नाम लिएर । चलचित्र ‘चक्लेट’ निर्माणमा केहि लगानी पुजानाले गरिन त केहि लगानी उनका साथीहरुले गरे । चलचित्र ‘चक्लेट’लाई निर्मल शर्माले निर्देशन गरेका हुन । यो चलचित्र मंसिर १८ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको छ ।


नायिका पुजना प्रधानलाई सडक वारपार गर्दै गर्दा सडक बालबालीकाको अवस्था देखेर उनीहरुको भविष्यको चिन्ताले पिरोल्यो । सडक बालबालीकाहरुलाई अरुले ‘खाते’ भनेर सम्बोधन गरेको सुन्दा मन चिरिएर आयो त्यसैले उनले तिनै बालबालीकाके कथालाई टिपेर ‘चक्लेट’समाजिक कथा निमार्ण गरेकी हुन । चलचित्रले गरेको सम्पूर्ण व्यापार उनले तिनै सडक बालबालीकाका लागि लगानी गर्ने योजना बनाएकी छन् । उनले अहिले २५ जना सडक बालबालीकालाई आश्रय दिएकी छन् । २५ बाट सडक बालबालीकाको संख्या ५० पुर्याउँने र आफ्नै घरमा राख्ने पुजनाको लक्ष्य छ । तिनै बालबालीकाका लागि एउटा सुन्दर आवास गृह निर्माण गर्न पुजनाले ‘चक्लेट’ निर्माण गरेकी हुन् ।
चक्लेट छायाँकनका क्रममा पुजनालाई रियलमा सडकमा जीवन बिताउँदै गरेका बालबालीकालाई रिलमा पनि प्रयोग गर्न मन थियो । तर, सडक बालबालीकाको खाने बस्ने केही कुराको ठेगान नहुँने हुँदा सडक बालबालकिालाई चक्लेटमा अटाउँन सकिनन् । तर, जति पनि बालबालकिा चकलेटमा देखिएका छन् उनीहरुले झण्डै १ महिनाको समय सडक बालकालीकासँग बिताएका छन् ।

आफ्नो वरपर रहेका सडक बालबालीकाको जीवन बुझ्न र उनीहरुका बारेमा सकारात्मक सोच राख्नका लागि पनि सबैलाई चलचित्र हेर्न पुजनाले आग्रह गरेकी छन् । सबै दर्शकले चलचित्र चकलेट हेर्न काटेको टिकटको सबै पैसा बालबालीकाको भविष्यका लागि खर्च हुने हुँदा चलचित्र हेर्ने सबै दर्शकको समाज सेवामा हात रहेको हुने उनको भनाई छ । नायिका पुजनाले हंकङ र आर्यल्याण्डमा चकलेटको विशेष शो देखाएकी पुजनाले विदेशी शो बाट राम्रो प्रतिकृया बोकेर आएकी छन् । उनले नेपाली दर्शकले पनि चकलेटलाई मन पराईदिनुहुन्छ भन्नेमा विश्वस्थ रहेकी छन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment