१ वर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने प्रधानमन्त्रीको घोषणा हावादारी : विज्ञ

a


३ वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने अघिल्लो सरकारको योजनालाई उछिन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमै लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेपछि उनको कडा आलोचना सुरु भएको छ । विज्ञहरुले प्रधानमन्त्रीको घोषणालाई हावादारी भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार देशवासीका नाममा सम्बोधन गर्दै १ वर्षमा देशलाई लोडसेडिङमुक्त गर्ने घोषणा गरेका थिए । निर्माणाधीन जलविद्युत आयोजनालाई चाँडो सक्ने विकल्पसमेत पन्छाएर २०० मेगावाटको सोलार प्लान्ट ल्याउने महत्वाकांक्षी योजना सरकारले अघि सारेको छ ।

अध्ययन र तयारीविना प्रधानमन्त्रीले अघि सारेको यो योजना कार्यान्वयन हुने सम्भावना नरहेको निजी क्षेत्रले बताएको छ । कमिसनको चक्करमा सोलार प्लान्टको योजनामा प्रधानमन्त्रीलाई लोभ्याएर माफियाहरुले चलखेल गरेको आशंका पनि कतिपयले गरेको खबर आजको कारोबार दैनिकमा छ ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment