a
|
महोत्तरी – संयुक्त मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालिन आमहडतालको कारण चिनी उद्योगहरु सञ्चालनमा कठिनाई भएपछि यस क्षेत्रका किसानहरुले धमाधम क्रसरमा उखु पेल्नेकार्य सुरु गरेका छन् ।
चिनी उद्योगहरु सञ्चालन गर्ने समय अनिश्चित भएपछि उनीहरुले खेतमा तयारी अवस्थामा रहेका उखु आफैले क्रसरमा पेलेर सख्खर बनाउने कार्य गर्दै आएका छन् ।
नगदे बालीका रुपमा रहेको जिल्लाका पशुपतिनगर, किसाननगर, भरतपुर, रामनगर, गौशाला, औरही, हातिलेटलगायत गाविसका उखु खेती गर्ने किसान भाडामा भएपनि उखु क्रसिङ्ग गरी सख्खर बनाउने कार्य गर्दै आएका छन् ।
आमहड्तालको समयमा आर्थिक सङ्कट समाधान गर्न सख्खर बनाएर बजारमा बिक्री गरी आम्दानी गर्दै गरेको पशुपनितगरका किसान सुकृत महतोको भनाइ रहेको छ ।
आमहड्तालको कारण चिनी उद्योग चल्ने कुनै सुरसार नदेखिएपछि यसरी सख्खर बेचेर घरधान्दै आएको उनको भनाइ रहेको छ ।
अहिले चाडपर्वको समय भएकोले बजारमा सख्खरको भाउ राम्रै पाएको अर्का किसान भरतपुरका योगेन्द्र यादवको भनाइ छ । कात्तिक महिनाभरिमा उखु काटदा खेतमा अन्य बाली लगाउन सकिने भएकोले फाइदा हुने भएको यादवले बताए।
जिल्लामा रहेको एभरेष्ट चिनी उद्योग रामनगरसँग आपूmले कवुलियत गरेतापनि क्रसरमा उखु पेल्नु आपूmहरुको बाध्यता रहेको गौशाला नगरपालिकाका किसान राम नारायण महतोको भनाइ रहेको छ ।
समयमै मिल सञ्चालन नहुँदा आपूmलाई तयारी अवस्थामा रहेको उखुलाई क्रसिङ्ग गर्न झन्झिटो नै रहेको महतोले उल्लेख गरे।
यता मोर्चाको आमहडतालको समयमा सवारीसाधन नचलेपछि रसायनिक पदार्थको अभावमा यसवर्ष चिनी मिल सञ्चालनमा कठिनाई भएको एभरेष्ट चिनीमिल रामनगरले जनाएको छ । अहिले मिलको मर्मत सम्भारकार्य भने ३० प्रतिशत बाँकी रहेकोले आमहडताल खुलेतापनि मिल सञ्चालन तीन महिना पछाडि धकेलिएको एभरेष्ट चिनीमिलका महाप्रवन्धक युगल किशोर चौरसियाले बताए ।
a
|
0 comments:
Post a Comment