a
|
कार्तिक २८, २०७२- इन्धन आयातको सम्भाव्यताबारे अध्ययन गर्न नेपाल आयल निगमको एक प्रतिनिधिमण्डल शनिबार बंगलादेश प्रस्थान गरेको छ ।
भारतको अघोषित रुपमा नाकाबन्दीपछि मुलुकमा इन्धनको चरम संकटका कारण विभिन्न विकल्पको खोजी गरिरहेको निगमले बंगलादेशबाट इन्धन आयातको सम्भाव्यता अध्ययन गर्न प्रतिनिधिमण्डल त्यसतर्फ पठाएको हो ।
प्रतिनिधिमण्डलमा रहेका निगमका इन्जिनियरिङ विभागका प्रमुख एवम् निर्देशक वीरेन्द्र गोइत र प्रवक्ता मुकुन्द घिमिरेले बंगलादेशबाट खाना पकाउने ग्यास, पेट्रोल, डिजल र हवाई इन्धन आयात गर्ने विषयमा द्विपक्षीय कुराकानी गर्नेछ ।
बंगलादेश उड्नुअघि रासससँगको कुराकानीमा प्रवक्ता घिमिरेले सबै विकल्पबारे बंगलादेशी अधिकारीसँग कुराकानी हुने जानकारी दिए ।
a
|
0 comments:
Post a Comment