a
|
कार्तिक २८, २०७२- विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पपुवा न्युगिनी विरुद्ध सोमबार र बुधबार हुने खेलका लागि तयारीका क्रममा रहेको नेपालले शनिबार ओमानसँग भ्रमण खेल खेलिरहेको छ ।
सयुक्त अरव इमिरेट्सस्थित शेख जाहेद स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको नेपालले ३३ दशमलव २ ओभरको खेल समाप्तिमा ४ विकेट गुमाउँदै १ सय १४ रन बनाएको छ ।
नेपालका तर्फबाट कप्तान पारस खड्का ४९ रनमा आउट भए । अहिले ज्ञानेन्द्र मल्ल र शरद भेषावाकर क्रिजमा छन् । २६ रनमा ३ विकेट गुमाएको नेपालले ज्ञानेन्द्र र पारसको पार्टनरशीपमा नेपालको इनिङ सम्हालेका थिए । खड्का र मल्लले पार्टनरसीपमा ७७ रन बनाएका थिए ।
a
|
0 comments:
Post a Comment