उपचारमा लापर्बाही गरेको भन्दै महोत्तरी जिल्ला अस्पतालमा तालबन्दी

a


गौशाला – उपचारमा लापर्बाही गरेको भन्दै जलेश्वरका स्थानीयवासीले जिल्ला अस्पताल जलेश्वर, महोत्तरीमा तालाबन्दी गरेका छन् ।

शुक्रबार साँझ गरिएको सो तालाबन्दीका कारण अस्पतालका अन्तरंग र बहिरंग सेवा लिने बिरामीहरु समस्यामा परेका छन् ।

आफ्नो पाँच दिनको भतिजोको जिउबाट परीक्षणका लागि रगत निकाल्न नसकेको र उपचारमा लापर्बाही गरेको भन्दै जलेश्वर–६ बस्ने मनोजकुमार नायकले अस्पतालको प्रयोगशालामा तालाबन्दी गरेका हुन् ।

विगत पाँच दिनदेखि नवजात शिशुको उपचारका लागि सो अस्पतालमा रहेका भटौलिया– २ बस्ने रेणु महासेठका जेठाजु जलेश्वर नगरपालिका– ६ बस्ने नायकलाई अस्पतालका डाक्टर मो। अकवर अलीले नवजात शिशुलाई जन्डिस भएको र जाँच गराउन प्रयोगशालामा पठाएपनि प्रयोगशालाका इन्चार्ज राजकिशोर साहले आफूले रगत निकाल्न नसक्ने भन्दै पन्छिएका थिए ।

प्रयोगशाला जाँचका लागि १०० को रसिद काटेर जाँदा पनि इन्चार्ज साहले आफूले रगत ननिकालेको र अस्पताल बाहिर गएर जँचाउन भनेको पीडित नायकले बताए ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment