a
|
काठमाडौं, ८ मंसिर । मेक्सिकोमा कार र बस एक आपसमा ठोक्किँदा २४ जनाको मृत्यु भएको छ । मेक्सिकोको पुएबलो प्रान्तमा भएको उक्त दुर्घटनमा कारमा सवार दुई जना र बसमा सवार २२ जना यात्रुहरुको ज्यान गएको बिबिसिले जनाएको छ ।
कार र बस आपसमा ठोक्किएपछि भएको आगालागीमा उनीहरु मारिएको अनुमान गरिएको छ । एक अधिकारीका अनुसार कारले बसको ढोकामा ठक्कर दिएपछि यात्रुहरु बाहिर निक्लिनन् पाएन जसका कारण उनीहरुको मृत्यु भएको हो ।
यद्यपी १० जना यात्रुहरुले भने बसको झ्यालबाट हाम फालेर ज्यान बचाउन सफल भएका छन् ।
a
|
0 comments:
Post a Comment