a
|
चितवन, ८ मंसिर । भारतीय नकाबन्दीका कारण मुलुकभर देखिएको इन्धन अभावसँगै यसको कालोबजारी र तस्करी बढेको आशंका गरिएका बेला चितवनमा अवैध हवाइ इन्धन सहित एउटा ट्याङ्कर नियन्त्रणमा लिइएको छ ।
बाँकेको नेपालगञ्जबाट लिएर आएको अनुमानित तीन हजार हवाइ इन्धन बोकेको ना २ ख ४३६५ नम्बरको ट्याङ्करलाई नियन्त्रणमा लिएको चिवन प्रहरीको भनाइ छ । उक्त ट्याङ्कर र ट्याङ्कर चालक सोमलाल गुरुङ्ग सहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
यस विषयमा थप जानकारी दिन अहिले केहीबेरमा पत्रकार सम्मेलन गर्ने प्रहरीले बताएको छ ।
a
|
0 comments:
Post a Comment