चीन पाकिस्तान सैन्य सम्बन्धमा जोड

a

चिनियाँ केन्द्रीय सैन्य परिषदका उपाध्यक्ष र पाकिस्तानी प्रधानमन्त्रीबीच सो सहयोग समन्वयको प्रतिबद्धता आएको हो । चिनियाँ केन्द्रीय सैन्य परिषदका उपाध्यक्ष फान चान्लोङ् र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता भएको थियो । सो भेटवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै सैन्य सहयोगमा जोड दिइएको थियो । गएको अप्रिल महिनामा चिनियाँ राष्ट्रपति सि जिनपिङले पाकिस्तानको भ्रमण गरेपछि चीन पाकिस्तान सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको धारणा उपाध्यक्ष फानले राख्नेका थिए । पाकिस्तानले आतङ्कवादका विरुद्धमा गरिरहेको कारबाहीका लागि चीनले हाल दिँदै आएको सहयोगलाई निरन्तरता दिने उनले बताए । यस अवसरमा पाकिस्तानी प्रधानमन्त्री शरिफले चीन र पाकिस्तानको आपसी समन्वय र सहयोगबाटै क्षेत्रीय शान्ति र एसियाली स्थायित्वमा योगदान गर्नसक्ने धारणा राखेका थिए ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment