परदेशबाट तुलाको सम्झना, गीत मार्फत मातृभुमीको बयान

a


काठमाडौँ, १२ मंसिर । चितवनका स्रष्टा हुन् तुला पर्वत । गीत संगीत भनेपछि हुरुक्कै गर्ने तुलाको एउटै सपना छ नेपाली सांगीतिक क्षेत्रमा बाँचुन्जेली कुनै न कुनै रुपमा आवद्ध भइरहने । सांगीतिक क्षेत्रका अलावा समाजसेवामा पनि लाग्ने अठोट बोकेका तुला रोजगारको शिलशिलामा परवासमा रहेता पनि नेपाल आएको बेला पनि व्यस्त नै रहन रुचाउँछन् ।

केही समय अगाडी करिब महिना दिनको स्वदेश बसाइका क्रममा उनले २ वटा भिडियो छायांकन गर्न भ्याए । दोष त मेरो के थियो र रु र हामो चितवन कोलका गीतको भिडियो । दोष त मेरो के थियो र ? भिडियोमा गायन संगीत दुवै तुलाको नै रहेको छ । जसमा बिएल गुराँशका शब्द सुन्न सकिन्छ । हरि हुमागाईको छायांकन रहेको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियोमा मोडल जिवन भट्राई र शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ ।
त्यस्तै दोश्रो भिडियो हामो चितवन बोलको गीतलाई उनले चितवनका विभिन्न सेरोफेरोमा ढालेका छन् ।

पछिल्लो समय मुलुकमा देखिएको विषम परिस्थितिमा उनले आफ्नो जन्मस्थल तथा मातृभुमीको स्मरण र महत्वका लागी पनि आफुले काम गरेको बताउँछन् । चितवन आफ्नो जन्मस्थल मात्रै नभएर यसमा कैयौँ आयामहरु भएकाले पनि यसको महत्वलाई जिवन्त राख्न र विश्वसामु पुर्याउन पनि भिडियोमा यहाँका दृश्यहरु देखाउन खोजेको उनको तर्क छ । उनले आफ्ना दर्शक श्रोतालाई जात धर्म लगायतका परिवेशमा यसलाई नहेरीदिन अनुरोध गर्दै विशुद्ध मातृभुमीका रुपमा यसलाई ग्रहण गरिदिनुहुन समेत अनुरोध गरेका छन् ।

यसअघि पनि राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु बजारमा ल्याईसकेका पर्वतले नै यस गीतमा शब्द, संगीत, आवाज र अभिनय समेत गरेका छन् । अभिनयमा उनलाई प्रशंसा पौडेलले साथ दिएकी छिन् । यसअघि ३ वटा भिडियोमा काम गरिसकेकी प्रशंसाको प्रशंसा गर्दै तुलाले भने मैले त सानी नै छिन् भनेको उनले त कमालको अभिनय पो गरिन् । संजय घिमिरेले निर्देशन गरेको भिडियोको निर्देशन कन्सेप्ट स्वयम गायककै हो । जसको छायांकन उमंग शाही टूकेले गरेका छन् भने सम्पादन भरत रेग्मीको रहेको छ । दुवै भिडियोलाई वाइड स्क्रिन मिडिया प्रालीले बजारमा ल्याउन लागेको हो ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment