a
![]() |
मधेसमा एउटा उखान छ । त्यो भारतमा पनि हुन सक्छ । कमसे कम विहार र युपीमा त हुनैपर्छ । बेटी, रोटीको जो सम्बन्ध छ । उखान छ, ‘अरहरको दाल जति गल्यो, त्यति राम्रो र दाजुभाइ, छरछिमेक जति गल्यो त्यति फाइदा ।’ त्यही भएर नेपाल जति गल्यो, भारतका लागि त्यति फाइदा हुने मधेसको उखान चरितार्थ भइरहेको छ । सानो, गरिब, ऋणैऋण थुप्रिएर कंगाल नै हुन लागेको मुलुक अहिले पारवहनको वितण्डाले दैनिक अर्बौंको क्षति व्यहोरिरहेको छ । अर्थात् हामी झन्झन् गरिब हुँदै छौं र हाम्रो मुलुक गल्दैगल्दै गइरहेको छ । संविधान नबन्दा पनि गल्दै थियो र संविधान बने पनि गल्दै छ । नेपाल गल्नुको पहिलो कारण भारतको कुदृष्टि हो । भारतले नेपाललाई सम्पन्न र सबल राष्ट्रको रुपमा विकास हुन दिन नचाहेको बुझिन्छ ।
नेपाल सम्पन्न र सबल भयो भने भारतले आपूmअनुकूल हिँडाउन सक्दैन । न त उसले चाहेजस्तो निर्णय गराउन सक्छ । बरु नेपाल सबल भयो भने भारतका लागि सबैभन्दा ठूलो खतरा हुने गोर्खाल्यान्ड र ग्रेटर नेपालको प्रसंग तन्किन सक्छ । त्यसैले भारतले नेपाललाई निकै सद्भाव र सहयोग गरेको देखिए पनि वास्तवमा नेपाललाई कमजोर पार्न, नेपालीलाई फुटाउन र नेपालको यथास्थितिलाई छिन्नभिन्न पार्न अनेक प्रपञ्च गरिरहेको हुन्छ । अहिले खस र मधेसीबीचको विवाद पनि त्यसैको प्रतिफल हो । तैपनि नेपाली राज्यसत्ता, राजनीतिक दलहरू, नेता र कार्यकर्ताहरू भारतकै आगाडि त्वम् शरणम् हुने गर्छन् । जसको परिणाम अत्यन्त खतरनाक र गम्भीर हुन सक्छ । पराधीन मानसिकतालाई नत्याग्दासम्म देश अगाडि बढ्दैन ।
सन् १९७५ मा सिक्किम भारतमा विलय भयो । सिक्किममा अहिले पनि बेलाबखत गोर्खाल्यान्डको मुद्दा उठ्ने गर्छ । तर, भारतमा विलय भएको सिक्किमकै मुद्दा भने उठ्दैन । गोर्खाल्यान्डको मुद्दा पनि करिब–करिब मत्थर नै भइसकेको छ । अहिले त्यही भारतको बिहार र युपीमा गरिबी, भोकमरी, अशिक्षा, बेरोजगारी लगायत समस्या व्याप्त छन् । तर, सिक्किममा भने गरिबी र अभाव सुन्नुपर्दैन । अहिले त्यहा“ गोर्खाल्यान्डभन्दा भारतको चर्चा छ । जब कि भारतमा विलय हुनुपुर्व सिक्किम अत्यन्तै गरिब थियो ।
सिक्किम भारतमा विलय हुनुको पहिलो कारण पनि गरिबी नै थियो र दोस्रो कारण खस र भोटियाबीचको विवाद । यही दुई कारणले भारत सिक्किमलाई औंलामा नचाइरहेको थियो र नचाउ“दानचाउ“दै घ्वाप्पै निल्यो । सानो देश सिक्किममा भोटिया र खस मुख्य दुई अलग संस्कृति, परम्परा, रहनसहन, भेषभूषा, भाषा भएको समुदाय थिए । ती दुवै समुदायलाई भारतले भड्काएर विवाद गराएका थिए । खासगरी त्यसबखत भारतीय जासुसी संस्था ‘रअ’ को चलखेल सिक्किममा बढी थियो । त्यसले भोटिया र खस दुवैलाई एक–अर्काविरुद्ध भड्काइरहेका थिए । दुवैको विवाद चर्मोत्कर्षमा पुग्यो र देश सकियो ।
संविधानको बहानामा भारतले मधेसीलाई पृष्ठपोषण गरेको आभास भइरहेको छ, जसकारण देश संकटमा परिरहेको छ । फेरि पनि मधेसीलाई भारत आफ्नो पक्षमा रहेको भ्रम नपरोस् । भारतले यसरी फसाउँछ कि राष्ट्र नै संकटमा र जनजीवन धरापमा पर्न थालेपछि मधेसको मुद्दा र आन्दोलन पनि गौण हुन थाल्छ ।
अहिले नेपालको अवस्था सिक्किमको जस्तो छैन । नेपालमा पनि लामो समयदेखि ‘रअ’ कार्यरत रहेको छ । सम्भवतः सिक्किम भारतमा विलय भएलगत्तै ‘रअ’ले नेपालमा काम गर्न थालेको हुनुपर्छ । अहिले नेपालमा पनि गरिबी बढ्दो छ । खस र मधेसी समुदायबीच धेरथोर तीक्तता देखिएको पनि पनि लामै समय भइसक्यो । दुर्भाग्य भनौं, सिक्किमको भोटिया र खसझैं नेपालका मधेसी र खसबीचको मनमुटाव पृष्ठपोषणमा पनि भारतकै भूमिका छ ।
भारतले कहिले मधेसीलाई त कहिले खसलाई च्यापेको आभास हुन्छ । तर, भारतले च्याप्यो भनेर दंग पर्नुपर्ने अवस्था कसैको छैन । भारतीय प्रधानमन्त्री मोदी यसअघि नेपाल आउँदा मधेसीलाई ललकारेर पहाडिया राजनीतिक शक्तिलाई पृष्ठपोषण गरे । त्यसैको मात लागेर राज्यसत्ताले मधेसीको उपस्थितिबिना नै संविधान जारी गर्यो । यसअघि चार वर्षसम्म लम्बिएर पनि संविधान नै जारी नगरी पहिलो संविधानसभा विघटन भएको थियो । दोस्रो संविधानसभाको पर्याप्त समय हुँदाहुँदै घर–झगडा नै नमिलाईकन संविधान जारी गर्न किन हतार भयो ? खासगरी भारत पनि पक्षमै भएकाले मधेसीलाई पेलेरै गएको देखिन्छ । तर अहिले त्यही संविधानको बहानामा भारतले मधेसीलाई पृष्ठपोषण गरेको आभास भइरहेको छ, जसकारण देश संकटमा परिरहेको छ । फेरि पनि मधेसीलाई भारत आफ्नो पक्षमा रहेको भ्रम नपरोस् । भारतले यसरी फसाउँछ कि राष्ट्र नै संकटमा र जनजीवन धरापमा पर्न थालेपछि मधेसको मुद्दा र आन्दोलन पनि गौण हुन थाल्छ ।
त्यसैले दुवै पक्षले आफ्नो धर्ती वा धरातलमा उभिएर, अर्काको बैशाखी त्यागेर निर्णय लिन सक्नुपर्छ । मानिस जन्मँदा सबभन्दा पहिला आमा र भूमि वा राज्यको पहिचान हुन्छ । सानो, ठूलो, कालो, गोरो, धनी, गरिब भन्ने हुँदैन । राष्ट्रियता यहीँनिर हुन्छ । खस र मधेसी भनेर ठूलो–सानो भन्ने हुँदैन । सबैको राज्यमाथि बराबर हक हुन्छ । आमा र भूमिले पनि सन्तानलाई समान राख्न सक्नुपर्छ ।
यद्यपि अहिलेको विश्व सन् १९७५ भन्दा निकै फरक छ । त्यसबेला दोस्रो विश्वयुद्धको घाउ आलै थियो । शक्तिशाली राष्ट्रहरू पनि युद्धबाट थलिएका थिए । छिमेकी राष्ट्र चीन जर्जर अवस्थाबाट वामे सर्दै थियो । त्यसबखतका एउटा घतलाग्दो विषय के छ भने भारतले सिक्किम निल्दा र चीनले तिब्बत निल्दा तैँ चुप मै चुपको अवस्था भयो । चीन र भारतको सम्बन्ध आप्mनो ठाउ“मा छ । हामी भारतबाट टाढिएर चीन नजिक र चीनबाट टाढिएर भारत नजिक पुग्नु हुँदैन । हामी दुवै छिमेकी राष्ट्रलाई समान दूरीमा राखेर अण्डा कोरल्न सकियो भने मात्रै हाम्रा सन्ततिहरू पूर्णतः सुरक्षित रहन सक्छन् ।
यदि हामी आपसमै गा“ड कोराकोर गर्यौं र आजको विश्वको दुहाई दिन थाल्यौं भने अहिले पनि देश संकटमा पर्न सक्छ । उदाहरणमा इराक, इरान, सिरिया, अफगानिस्तान लगायत देश छन् । जसले आपसी द्वन्द्वकै कारण राष्ट्रलाई संकटमा पारेका हुन् । हामी आपसी विवाद मेटाएर स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियतमा बस्न सक्नुपर्छ । भारत, चीन दुवैले नेपाललाई सहयोग गरेर नेपालमाथि आफ्नो प्रभाव जमाउन खोजेका हुन् । हामीले उनीहरूको सहयोगका लागि भने मुख ताक्नुपर्दैन ।
त्यसैगरी सन् १९९० तिर भुटानबाट खस समुदाय लखेटिए । त्यसबखत भारतमा शरणार्थी बनेका भुटानी खसहरूलाई भारतले सीमा कटाएर नेपाल पठाए । त्यसरी नलखेटिएको भए अहिले भुटानको जनमत खस समुदायतर्फ उन्मुख हुन्थ्यो । यथार्थ भुटानको राज्यसत्ता खस समुदायको हात पर्न सक्थ्यो । त्यसैले सानो राष्ट्रको ठूलो जनसंख्यालाई भुटान र भारत दुईटा देशको सीमा कटाएर नेपालमा शरणार्थी बनाइदिए । उक्त शरणार्थी समस्या कहिल्यै सुल्झेन । बिचरा भुटानी अहिले कोही अमेरिका, कोही युरोपका शरणार्थी भएका छन् भने कोही नेपालकै । तर, उनीहरूको देश भने हराएको छ र मानिसका लागि त्यो नै सबैभन्दा ठूलो दुःखदायी अवस्था हो । जतिबेला देश रहन्न । देशबिनाको जीवन प्राणबिनाको घा“टीजस्तै हो । त्यसैले अमेरिका जान नचाहेका भुटानी शरणार्थी अहिले पनि भुटान जान तयार छन् । अहिले पनि उनीहरूसँग देश हराएको पीडा छ । सिक्किम र भुटानको त्यत्रो ठूलो घटना देखेर पनि नेपाली राज्यसत्तालाई चेत आउ“दैन र एउटा ठूलो समुदायलाई पाखा लगाएर सरकार परिवर्तनदेखि मन्त्री, प्रधानमन्त्री बन्न समेत भारतकै समर्थन खोज्छ । योभन्दा ठूलो विडम्बना के हुन् सक्छ ?
यसरी एकातिर भारतमुखी राजनीति, अर्कोतिर बेलाबखत गोर्खाल्यान्ड र ग्रेटर नेपालको चर्चाले भारतले छिमेकी राष्ट्रहरू खासगरी नेपाललाई गलाउन खोजिरहेको हुन्छ र घा“टी निमोठ्न चाहेको हुन्छ । तसर्थ, हामी उसका लागि खतरा पनि नबनौं र हाम्रो घा“टी उसको पन्जामा पनि नदिउ“ । त्यसका लागि देश द्वन्द्वरहित हुनुपर्यो । किनभने, त्यही द्वन्द्वका कारण अहिले पनि विश्वका धेरै शक्ति राष्ट्रले नेपालमाथि गिद्धे दृष्टि गाडिरहेका छन् ।
a
![]() |


0 comments:
Post a Comment