a
![]() |
काठमाडौं– उपप्रधानमन्त्रीसहित परराष्ट्र र संघीय मामला तथा स्थानीय विकासमन्त्री कमल थापाले आफ्नो पार्टीबाट सरकारमा सहभागि कुनैपनि मन्त्रीहरुले भ्रष्टचार गरेर पार्टीको शिर निहुँर्याउने काम नगर्ने विस्वास व्यक्त गरेका छन् ।
तस्बीर: मोहन श्रेष्ठको ट्वीटरबाट
राप्रपा नेपालबाट प्रतिनिधित्व गर्दै सोमाबार विस्तारित मन्त्रिमण्डलमा समावेश भएका राज्यमन्त्री र सहायकमन्त्रीहरुको स्वागतमा पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै थापाले सो विस्वास व्यक्त गरेका हुन् , उनले भने, ‘ सबै कार्यकर्तालाई साक्षी राखेर भन्छु, पाहाम्रा मन्त्रीहरु भ्रष्टाचारमा मुछिएर पार्टीको शिर झुकाउने छैनन् ।’
मन्त्रीहरुको कामबाट पार्टी र सिंगो देशले नै गर्भ गर्न सक्ने अवस्थाको सिर्जना आफ्ना मन्त्रीहरुले गर्ने विस्वास गर्दै थापाले यो नै पार्टीको महत्वपूर्ण उपलब्धि हुने बताए ।
उनले कार्यकर्ताहरुको गुनासा र समस्याहरुको समाधान गर्न पार्टी कार्यालयमा एउटा छुट्टै संयन्त्र बनाउने भन्दै मन्त्रालयमा कार्यकर्ताहरुको भीडभाड हुन नदिने बताए ।
सो अवसरमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले आफूहरुले निस्वार्थ ढंगले सरकार गठनमा पार्टीबाट भएको प्रतिवद्धता अनुकार काम गर्ने संकल्प गरे ।
राप्रपा नेपालबाट सरकारमा दुई मन्त्री, दुई राज्य र दुई सहायकमन्त्री सहभागि छन् ।
a
![]() |


0 comments:
Post a Comment