मधेसको समस्या समाधान नभएसम्म नाका खुल्दैनः भारत

a


काठमाडौं– भारतले मधेसको समस्या समाधान नभएसम्म सीमानाका नखुल्ने बताएको छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपाल सरकारले मधेस आन्दोलनका माग र मुद्धालाई वार्ताको माध्यामबाट राजनीतिक ढंगले समाधान नगरेसम्म नाकामा समस्या रहिरहने बताए ।
मुख्य सीमानाका वीरगञ्जमा मधेसी मोर्चाले अवरोध कायम राखेको भन्दै राजदूत रेले समस्या समाधान नभएसम्म वीरगन्ज नाका नखुल्ने र सो नाका नखुलेसम्म आपूर्ति समस्या कायम बताए ।
रिपोटर्स क्लबमा मंगलबार आयोजित साक्षत्कार कार्यक्रममा राजदूत रेले आन्दोलनको प्रभाव कम परेको भारतसँगका अन्य सीमा नाकाहरुबाट आपूर्तिको पहल भइरहेपनि त्यहाँबाट ३० प्रतिशत आपूर्ति मात्र सम्भव भएकाले वीरगन्ज नाकानै मुख्य भएको र त्यसलाई खुलाउन मधेस आन्दोलन समाधान अनिवार्य भएको उनको भनाई थियो ।

उनले भने,‘ नेपालमा धेरै हल्ला र अनुमान चल्छ । नेपालमा ७० प्रतिसत आपूर्ति वीरगञ्ज नाकाबाट हुन्छ । अरु बाँकी नाकाबाट जति आपूर्ति गरे पनि यहाँको अवस्था सहज हुँदैन । अरु नाकाबाट रि रुट गरेर पठाउने प्रयास भईरहेको छ । नेपाललाई तेल दिने मेन डिपो रक्सौलमा भएकोले अरु नाका सहज भए पनि आपूर्ति सहज हुँदैन ।’

नेपाल सरकारले हिजो मन्त्रिपरिषद बैठकमार्फत भारतलाई आपूर्ति तथा पारवहन सहज बनाउन पारित गरेको विशेष प्रस्ताव आफूले औपचारिक रुपमा नपाएको भन्दै उनले अगाडि भने, ‘सरकारले विशेष प्रस्ताव पास गरेको कुरा मैले पनि पत्रपत्रिकाबाट थाहाँ पाए । सरकारको प्रस्ताव मैले औपचारिक रुपमा पाएको छैन । दिपकुमार उपाध्यायजीले पाएर दिल्लीमा अगाडि बढाएको भए मलाई जानकारी छैन । मलाई औपचारिक रुपमा सरकारले दिए त्यसलाई गंभिरताका साथ अगाडि बढाउँछु ।’

उनले सीमा नाकामा भइरहेको अवरोध हटाउन नेपाल सरकारले औपचारिक आग्रह गरे त्यसलाई भारतले गम्भीर रुपमा लिने समेत बताए ।

उनले भारतले नाकाबन्दी नलगाएको समेत दाबी सो अवसरमा गरे ।
रेले नेपालसँगको सीमा क्षेत्रमा भैरहेको अवरोध र तराईमा चलिरहेको आन्दोलनका कारण नेपालीको जनजीवन प्रभावित भएकोप्रति भारत गम्भीर रहेकोसमेत बताए ।

राजदूत रेले नेपालमा पछिल्लो समय भारतविरोधी भावना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भारत विरोधी भावना नेपालका लागि पनि घातक हुने समेत बताए ।

राजदुत रेले नेपाल भारत सम्बन्धलाई अब नयाँ शिराबाट सोच्नु पर्ने भन्दै यसकोलागि दुबै देशको हित हुने खालको विकास गर्न बसेर कुराकानी गर्नु पर्ने आवश्यकता औल्याए ।

राजदुत रेले जेनेभा मानवअधिकार सम्मेलनमा भारतले मानवअधिकारको विश्वब्यापी मान्यता अनुरुपको नेपालको सत्य निरुपण तथा मेलमिलाप आयोगको कुरा उठाईएको भन्दै यसलाई नेपाल भारत सम्बन्धको नयाँ प्रस्थान विन्दुको रुपमा बुझ्न नहुने तर्क गरे ।
उनले भने,‘ भारतले सधै नेपालको शान्ति प्रक्रियालाई सघाउँदै आएको छ । त्यसैले यो सबैले स्विकारेको संविधानबाट टुङगियोस भन्ने चाहन्छौ ।’
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment