a
|
नेपालका चर्चित कलाकार र महानायक राजेश हमाललाई पनि म्युजिक भिडियोमा देखाइसकेका गायक संगीतकार अर्जुन कौशलले आफ्नो नयाँ गीतमा बलिउडका चर्चित कमेडी स्टार कृष्ण लाइ अभिनय गराएका छन् । भर्खरै रिलिज भएको गीत ‘घुमी घुमी नाचिदेउ सोल्टिनी’ नामक गीतमा कृष्ण संगै नेपालकी चर्चित नायिका निरुता सिंह पनि देखिएकी छन् । थुप्रै चलचित्रमा काम गरेर सफलता पाएकी निरुताको यो पहिलो म्युजिक भिडियो भएको गायक कौशलले चक्रपथलाई बताए । भारतिय कमेडियन र नेपाली नायिकालाई संगै देखाइएको म्युजिक भिडियो अहिले चर्चामा छ । गायक संगीतकार अर्जुन कौशलले सोहि गीतबारे केहि कुरा चक्रपथसंग सुनाए । गोविन्दलाई खेलाउने भनेको गीतमा कृष्ण मैले नेपालका थुप्रै चर्चित नायक नायिकासंग काम गरेको छु । ‘मापसे’को म्युजिक भिडियोमा नेपाली डान्स स्टार हिरो दिलिप रायमाझि तथा ‘नथियावाली’ मा महानायक राजेश हमाललाई खेलाएँ । मेरा ति भिडियो दर्शक स्रोताले निकै मन पराइदिनुभयो । सबैतिरबाट सहयोग पनि पाएँ । यो गीत तयार भएको करिब दुइ वर्ष भयो । गीतमा भारतिय कलाकारसंग काम गर्ने इच्छा मलाई थियो । त्यहि सल्लाह गर्न म वैशाखमा मुम्बइ गएँ । म संगै निर्देशक शिव विक पनि जानुभयो । साथिहरुको सहयोगमा हामीले बलिउड स्टार गोविन्दलाई भेट्यौँ । उहाँले मेरो गीतमा अभिनय गर्ने कुरालाई सकारात्मक रुपमा लिनुभयो । मलाई अर्को दिन घरमै बोलाउनुभयो । तर त्यहि दिन उहाँ महत्वपुर्ण कामले बाहिर जानुभयो । उहाँसंग फेरि समय लिएर गीत बनाउन गाह्रो हुने देखियो । मेरा मित्र शिव विश्वकर्माले मलाई कमेडियन कृष्णको नाम दिनुभयो । उनिपनि बलिउडमा चर्चितै छन् । फेरि उनिसंग कुरा भयो । कृष्णले मेरो बारेमा सोधेछन् । नाच्ने खालको गीत भनेपछि उनले हुन्छ भने । अन्तत हामीले कृष्णलाई खेलायौँ । निरुताको पहिलो म्युजिक भिडियो नेपालमा थुप्रै सफल चलचित्र दिएकी नायिका निरुता सिंह अहिले मुम्बइमै बस्नुहुन्छ । मेरो साथिसंग उहाँको राम्रो सम्बन्ध रहेछ । साथिकै सहयोगमा निरुता दिदिसंग कुरा भएको हो । गीत सुनेपछि उहाँलाइ पनि मन परेछ । यसअघि उहाँ कुनै म्युजिक भिडियोमा खेल्नुभएको छैन । दुवैले पारिश्रमिक लिएनन् यो गीतबाट जे जति आम्दानी हुन्छ, त्यो सबै भुकम्प पिडितलाइ दिने मेरो उद्धेश्य छ । हुन त अहिले गीतबाट त्यति आम्दानी हुने परिस्थिति छैन । मैले व्यक्तिगत रुपमै भएपनि जे जति सक्छु, सहयोग गर्छु । भिडियो बनाउने बेलामा पनि उहाँहरुलाई भनेको छु, यो काम भुकम्प पिडितलाई सहयोग हो । त्यसैले उहाँहरुले पारिश्रमीक लिनुभएन । यदि लिनुभएको भए त काम गराउन सम्भव हुन्थेन होला । निरुताकै आवाजमा गीत यो युगल गीत हो । पहिला यो गीतमा म संग मिनु गैह्रे जी ले गाउनुभएको थियो । जब निरुता जी लाई गीत सुनाएँ, उहाँलाई गीत मन परेछ । आफ्नै स्वरमा गीत रेकर्ड गराउने इच्छा गर्नुभयो । फेरि मुम्बइमा उहाँको आवाजमा पनि गीत रेकर्ड भयो । चारवटा भाषामा गीत नेपाली भाषामा तयार भएको गीत मलाइ अरु भाषामा पनि बनाउन मन लाग्यो । यसो गर्दा सबै क्षेत्र र समुदायका मानिसले आफ्नै भाषामा गीत सुन्न पाउने र मेरो परिचय पनि ठुलो हुने आशा थियो । त्यहि भएर गुरुङ, मगर र तामाङ भाषामा पनि गीत तयार पारेको छु । ति गीतमा फरक फरक गायिकाले स्वर दिनुभएको छ भने केटाको आवाज मेरै छ । अहिले ति गीत युट्युबमा छन् । कलाकारकै हातबाट भुकम्प पिडीतलाई सहयोग सकेसम्म म्युजिक भिडियोका कलाकारकै हातबाट भुकम्प पिडीतलाई सहयोग गर्ने मेरो योजना छ । उहाँहरु नेपाल आउन उत्साहित हुनुहन्छ । देशका विभिन्न ठाउँमा जाने कार्यक्रम मिलाएर बोलाउनु भन्नु भएको छ । नभए एउटा भारतिय रियालिटि सो मार्फत सहयोग घोषणा गर्ने योजना पनि छ । - See more at: http://www.chakrapath.com/content/indian-comedy-star-krishna-on-nepali-music-video.html#sthash.7TXJnx9Y.dpuf
a
|
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment