भारतीय पूर्वविदेश सचिव भन्छिन् - मोदी नेपालमा चुक्नुभयो

a


संविधान घोषणापछि नेपाल–भारत सम्बन्धमा देखा परेको तित्तताको कारक नेपाल भएको आरोप लगाउँदै भारतीय विदेशमन्त्रालयका पूर्वकुटनीटिज्ञहरूले नेपालविरुद्ध भारतले अहिले अबलम्बन गरिरहेको बाहुबलिय नीतिलाई निरन्तर्ता दिनुपर्ने बताइरहेका बेला भारतीय विदेशमन्त्रालयकी एउटी पूर्वसचिवले सम्बन्ध सुधारका लागि भारत सरकारले अग्रसरता लिनुपर्ने बताएकी छिन् । यस्तो धारणा राख्ने भारतीय पूर्वविदेश सचिव हुन्– निरुपमा राव । भारतीय राष्ट्रिय कांग्रेसको सरकारका पालामा विदेशसचिवको हैसियतले रावले नेपाल भ्रमण गरेकी थिइन् ।  नेपाली नागरिक अतुल पोख्रेलसँग मिलेर भारतीय पत्रिका ‘द हिन्दु’को शनिबारीय अंकका लागि लेखेको लेखमा उनले नेपालीमाझ बनेको भारतको खराब छवि र दुई देशबीचको सम्बन्धमा उत्पन्न असमझदारी हटाउन भारतले पहल लिनुपर्ने बताइन् । ‘दुई देशबीचको असमझदारी हटाउन भारतका लागि अत्यावश्यक भएको छ । नेपालको विविधतालाई स्विकार गरेर नेपाली जनताको एकताका पक्षमा आफू रहेको जनाउ भारतले दिनुपर्ने भएको छ,’ लेखमा उनले भनेकी छिन् ।  दशैंको बिदा सुरु भइसकेको अवस्थामा उर्जालगायत अभावबाट गुज्रिरहेका नेपालीहरूको दैनिकीलाई सहज बनाउन भारतले पहल गर्नुपर्ने र नेपालमा आफ्नो स्वार्थरक्षाबाहेक भारतलाई नेपाली जनताको दुःखकष्टसँग कुनै सरोकार छैन भन्ने मान्यता चिर्न भारतले पहल गर्नुपर्ने उनले लेखमा उल्लेख गरेकी छिन् । चुके मोदी दक्षिण एसियाली क्षेत्रमा साझा मान्यता विकास गर्नुपर्ने मान्यता बोकेका भारतीय प्रधानमन्त्री मोदी नेपालमा चुकेको लेखमा पूर्वविदेशसचिव रावले उल्लेख गरेकी छिन् । ‘यो क्षेत्रका मानिसलाई एकताबद्ध गर्ने विशिष्ठ अवसर उहाँले चुकाउनुभएको छ । नयाँ संविधानको घोषणासँगै भारतसँगको विशेष सम्बन्धले नेपालका निम्ती सँधै अवाञ्छित नतिजा मात्रै ल्याउँछ भन्ने नेपाली जनताको धारणालाई चिर्ने अवसर (मोदीलाई) प्राप्त भएको थियो । तर संविधान घोषणापछिको नाकाबन्दीले नेपालीमाझ भारतको नियतलाई लिएर अनेक आशंका उत्पन्न गराएको छ,’ उनले भनेकी छिन् । - See more at: http://www.chakrapath.com/content/nirupama-rao.html#sthash.hKHYhpnQ.dpuf
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment