a
|
कार्तिक ७, २०७२- सत्ता साझेदार दल एनेकपा (माओवादी) को अगुवाइमा चीनबाट पेट्रोलियमलगायत अत्यावश्यक सामग्रीको आपूर्ति गर्नेबारेमा उच्च तहमा छलफल भएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सक्रियातामा शुक्रबार वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ र चीनका लागि नेपाली राजदूत डा महेश मास्केबीच चिनियाँ नाकाबाट अत्यावश्यक सामग्री आपूर्ति गर्नेबारेमा विचारविमर्श भएको हो । 'नेपाल–भारत सीमा नाकामा झन्डै एक महिनादेखि उत्पन्न असहज परिस्थितिका कारण कष्टकर बन्दै गएको देशको पछिल्लो अवस्थालाई दृष्टिगत गरी पूर्वउपप्रधानमन्त्री श्रेष्ठको अगुवाइमा औषधि, इन्धनलगायत अति आवश्यक वस्तुको ढुवानी र पारस्परिक विषयमा कुराकानी भएको हो,' उच्चस्तरीय छलफलबारे जानकारी दिँदै श्रेष्ठका सहयोगी सुसन कर्माचार्यले राससलाई बताइन् । शुक्रबार नै चिनियाँ राजदूतसँगको छलफलपछि मन्त्री पुन र नेता श्रेष्ठले त्यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको उनले बताइन् । चिनियाँ र नेपाली अधिकारीका प्रयासमा भूकम्पसँगै गएको पहिराका कारण अवरुद्ध रसुवाको केरुङ नाका केही दिन अघि खोलिएको थियो । नाका खुलेकै दिन फेरि पहिराले बन्द भएको केरुङ मार्गलाई शीघ्र सञ्चालन गर्न दुवै मुलुकका सम्बद्ध कर्मचारी अहोरात्र खटेका छन् । रासस
a
|
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment