ह्‍विस्की टेष्टिङ शो गरेर भूकम्प पीडितलाई ३ करोड ६ लाख

a

आश्विन ३०, २०७२- बेलायतको एउटा कम्पनीले ह्‍विस्की टेष्टिङ शो गरेर नेपालका भूकम्प पीडितलाई करिब ३ करोड ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । अक्टोबर पहिलो साता आयोजित शोमा संकलित २ लाख २५ हजार पाउण्ड नेपालका भूकम्प पीडितका लागि दिने आयोजक ह्‍विस्की दि एक्सचेन्जले जनाएको छ । विश्वकै महंगो जापनीज सिंगल माल्ट ह्‍विस्की करुइजावा १९८३ टेस्टिङ शोमा ४५ जना पारखीले प्रति बोटल ६ हजार पाउण्डका दरले तिरेका थिए । संकलित रकम कम्युनिटी एक्सन नेपाल (क्यान), माइती नेपाल, हेल्प नेपाल नेटवर्क, योर वान वीस् र द नेपाल ट्रष्ट नामक च्यारिटी संस्थामार्फत नेपालमा पठाइने कम्पनीका प्राविधिक निर्देशक जय पौडेलले जनाए । थप २ बोटल ह्‍विस्की कम्तीमा २० हजार पाउण्डमा लिलाम बिक्री गरेर सतप्रतिशत रकम भूकम्प पीडितलाई पठाइने पौडेलले जनाए । ओल्ड बिलिङस्गेटमा आयोजित उक्त शो डेभ ब्रुमले सञ्चालन गरेका थिए । जम्मा ५० बोटलमात्र उत्पादन गरिएको उक्त ह्वीस्कीको बजार भाउ करिब १० हजार पाउण्ड छ । शोमा बेल्जियम, जर्मनी, इटली, मोनाको, नेदरल्याण्ड्स, नर्वे, स्वीडेन, युक्रेन, चीन, हङकङ, इन्डिया, जापान, ताइवान र अमेरिकाबाट समेत सहभागिता थियो । उक्त कम्पनीले च्यारिटीका लागि सबैभन्दा महंगो ह्वीस्की टेष्टिङ शो गरिएकोलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा समेत दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।

http://kantipur.ekantipur.com/news/2015-10-17/20151017185118.html
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment