आमा खोज्दै अमेरिकादेखि काठमाडौ सम्म

a
जन्म दिने आमालाई भेट्न अमेरिकादेखि काठमाडौं आएका दिदी–भाईले दुई हप्तासम्म प्रयास गर्दा पनि आमालाई भेट्न पाएका छैनन् । झापा सुरुङ्गा स्थायी बसोवास भएका उनीहरु आमासँगै नेपालमा रहेका भाई सम्पर्कबिहीन भएपछि भेट्न नपाएका हुन् । अंशभागको विवादमा भाईले दाजु र दिदीसँग आमाको भेट नगराएपछि उनीहरु भाई विरुद्ध बन्दी प्रत्यक्षिकरणको मुद्दा लिएर सर्बाेच्च अदालतसम्म पुगेका छन् । 

 ३० वर्षअघि देखि अमेरिका बस्दै आएका मनिषा उप्रेती र उनका भाई अमृतप्रसाद उप्रेती आमा नभेटेको चार वर्ष वितेपछि दुई साताअघि नेपाल आएका थिए । तर, भाइ रञ्जन आमासहित बेपत्ता भएपछि उनीहरुले आमालाई भेट्न पाएका छैनन् । 

उनीहरु चाहन्छन् आमाको स्वास्थ्य स्थिती,  सुख–दुःख र अवस्थाबारे बुझ्न । तर, आमा भेट्ने चाहनामा तगारो बनेका छन् अमृत र मनिषाका कान्छा भाई रञ्जन उप्रेती । ‘एउटै आमाको कोखबाट जन्मेको भनेर पनि नहुँदो रहेछ, भाईले गर्दा नै आमालाई भेट्न पाएनौ’– मनिषाले भनिन् । अमेरिकाबाट काठमाडौं आएपछि उनीहरु महाराजगंञ्जस्थित आफन्तको घरमा बस्दै आएका छन् । 

मनिषा र अमृतलाई यति मात्र थाहा छ, ६४ वर्षीय आमा लक्ष्मी कान्छा भाई रञ्जनसंग बस्छिन् । तर, भाई रञ्जन दीदी र दाईको सम्पर्कमा आउँदैनन् । चारवर्ष अघि आमा र वुवालाई उनीहरुले भेटेका थिए । दुईवर्षअघि उनका वुवा देवीप्रसादको निधन भयो । वुवाको निधनको खवर पनि दुईदिन पछि मात्र उनीहरुले अमेरिकामा थाहा पाए । ‘वुवाको काजक्रिया अमेरिकैमा ग¥यौं ’–अमृतले सुनाए । 

चारवर्ष अघि आउँदा भाईसंगै बसेका वुवा–आमालाई उनीहरुले भेटेका थिए । अध्ययनको शिलसिलामा सानै उमेरमा अमेरिका छिरेका उनीहरु केहीवर्षको फरकमा नेपाल आउँथे र वुवा–आमालाई भेट्थे । तर, वुवा वितेपछि  उनीहरुले राम्रोसंग आमासंग टेलिफोनमा कुरा गर्न पनि पाएनन् । ‘खै किन हो, किनभाईको मन यसरी विग्रियो’–अमृतले भने । उनका अनुसार जग्गा जमिनको लोभले नै भाईले त्यसो गरेका हुन सक्छन् । झापा सुरुङ्गा स्थायी घर भएका उप्रेती परिवार झापाका जमिन्दार हुन् । 

झापामा भएको जग्गा जमिनको सम्पूर्ण विवरण अमृतलाई समेत थाहा छैन । ‘जग्गा धेरै छ । १८ करोड लिएर, छोड्न भनेका थिए । मैले मानिन । त्यसपछि यस्तो भयो ’–उनले सुनाए । ‘हामी आमालाई सके उहीं लिएर जान चाहन्छौ । नभए एकपटक आमाको मुख हेर्ने धोको छ’–अमृत र मनिषाले सुनाए । भाई रञ्जनको पहिला भएका नम्वरमा पनि उनीहरुले सम्पर्क गरे । तर, सम्पर्क हुन सकेको छैन । फोन नै उठ्दैन । ‘हामीलाई जग्गाको लोभ छैन । जग्गा खाने भए पनि खाओस, हामी त आमा चाहिएर आएका हौं’–अमृत र मनिषाको भनाई छ । 

आमा वृद्धाश्रममा भएको हुनसक्ने आफन्तको सूचनाका आधारमा राजधानीमा रहेका सवै वृद्धाश्रममा पुगेर आमाको खोजि गरेको मनिषाले बताइन् । कहिंकतै आमाको पत्तो लाग्न नसकेपछि अहिले उनीहरु आमको खोजी गर्दै सञ्चारमाध्यम र अदालत सम्म पुगेका छन् । आमालाई भेटाइमाग्न माग गर्दै मनिषा र अमृतले सर्बाेच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट हालेका छन् । ‘भाई आमालाई भेट्न इच्छा छ, लडाई झगडा गरेर केही हुँदैन । मिलेर बस्नुपर्छ । अंश लिए पनि लेउ । तर, हामी आमा भेट्न चाहन्छौं । आमालाई भेट्ने व्यवस्था मिलाइदेउ’–यही खवर इमेल र फेसबुकको माध्यमबाट भाई रञ्जनलाई पठाइन् । तर, भाइले त्यसको कुनै प्रतिउत्तर नदिएपछि उनी झन् दुःखी छिन् । 

‘ म त उसकी दीदी हुँ । मसँग भाइको किन दुश्मनी । म उसको केही खोस्न आएको होइन’–आमालाई भेट्न नसकेपछि दुखित् मनिषाले गुनासो गरिन् । 

a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment