यसै साता चीनबाट १० करोड लिटर तेल आइपुग्ने

a

नेपालको पारबहन अधिकारमाथि अवरोध गरी भारतले अघोषित नाकाबन्दी लगाएको एक महिनापछि अन्ततः चीनबाट सरकारले पेट्रोलियम पदार्थ ल्याउने भएको छ । नेपाल आयल निगम र चाइना नेशनल पेट्रोलियम कर्पाेरेशनबीच इन्धन आयातका लागि सम्झौता गर्न बाणिज्य मन्त्रालयका सहसचिव सहितको ६ सदस्यीय टोली आइतबार बेइजिङ जान लागेको हो । सम्झौता पत्रको ड्राफ्ट समेत तयार गरी मन्त्रालयमा बुझाइसकेको छ । सम्झौताको ड्राफ्ट परराष्ट्र मन्त्रालयमा समेत बुझाएपछि परराष्ट्रले सम्झौताका लागि तयार रहन निर्देशन दिएको छ । टोली बेइजिङ पुगेपछि दुई देशवीच दीर्घकालीन आपूर्तिको सम्झौतामा हस्ताक्षर हुनेछ । मंगलबारसम्म सिगात्छेबाट १० हजार मेट्रिकटन तेल नेपाल आइपुग्ने बाणिज्य मन्त्रालय स्रोतले वताएको छ । जसअनुसार एकलाख किलोलिटर तेल केरुङ नाकाबाट चीनले अनुदानका रुपमा नेपाललाई दिनेछ । एक किलोलिटरमा एक हजार लिटरको हिसाव अनुसार चीनले नेपाललाई १० करोड लिटर तेल अनुदानमा दिनेगरी सम्झौता हुन लागेको हो । सम्झौतापछि चीनबाट पेट्रोलियम ल्याउन आयल निगम र अन्य निजी कम्पनीलाई बाटो खुला हुनेछ । यसअघि भारतसँग मात्र पेट्रोलियम ल्याउने सम्झौता भएको थियो । नेपाल आयल निगमले केही दिनअघि आव्हान गरेको ग्लोबल टेण्डरमा केही निजी कम्पनीहरुले समेत चीनबाट पेट्रोलियम ल्याउन आबेदन हालेका थिए । निजी क्षेत्रका दुई कम्पनीहरुले चीनको न्यालमबाट ग्यास ल्याउन निबेदन हालेका थिए । नेपालमा संविधान जारी भएकोप्रति असन्तुष्टि जनाउँदै भारतले पारबहन नाकामा कडाई गर्ने र नाका खुले पनि इण्डियन आयल कर्पाेरेशनले सम्झौता अनुसार इन्धन दिन अस्वीकार गर्दै आएको थियो । मधेसमा भारतले अघि सारेकै मुद्दामा आधारित रहेर केही मधेसी दललाई नाकामा अवरोध गर्न लगाउने र खुलेका नाकाबाट पनि इन्धन नदिने गर्दै आएको भारतले पछिल्लो पटक आफ्ना कारण नभएर नेपालको आन्तरिक कारण इन्धन आपूर्ति रोकिएको वताउँदै आएको थियो । संविधानको विरोधमा रहेका मधेसी दलहरु राजनीतिक रुपले मुद्दाबिहीन भएर प्रधानमन्त्री निर्वाचनमा सहभागी भए पनि भारतले अझै मधेसी दलहरुको असन्तुष्टिलाई देखाउँदै नाकाबन्दी जारी राखेको छ । - See more at: http://www.chakrapath.com/content/petrol-news.html#sthash.tu7RVK5I.dpuf
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment