a
|
एमाले सचिव प्रदीप ज्ञवालीले चीनले सुरु गर्न लागेको महत्वकांक्षी सिल्करोड परियोजनामा नेपाललाई समेत समेट्न आग्रह गरेका छन् । सिल्करोडबारे इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आइक्याप) को चीनको राजधानी बेइजिङमा भएको अन्तराष्ट्रिय सम्मेलनमा एमालेका तर्फबाट प्रतिनिधित्व गर्दै ज्ञवालीले मध्य र पश्चिम एसियालाई जोड्ने उक्त परियोजनामा नेपाल समेटिनुपर्ने धारणा राखेका हुन । ज्ञवालीले ‘इकोनमिक इन्टिग्रेसन एण्ड इम्पेटस फर डिभलपमेन्ट’ शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । चीनले बिश्वलाई आफूसंग जोड्न सिल्करोड र एक बेल्ट एक रोडको अवधारणालाई वहसमा ल्याएको छ । चीन सरकारले सिल्करोड कोषमा ४० खर्ब डलरको कोष समेत स्थापना गरिसकेको छ । नेपालमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयां सरकार बनेकोमा चिनियां तथा सहभागि एसियाली नेताहरुसंग बधाई साटासाट गर्दै ज्ञवालीले नेपाल दुई बिशाल छिमेकीको सहयोगबाट अघि बढ्न चाहेको समेत बताए । नेपालमा भारतद्वारा लगाइएको नाकाबन्दी छिटै हट्ने र अवस्था सामान्य हुने बिश्वास समेत उनले व्यक्त गरेका थिए । -
a
|
0 comments:
Post a Comment