a
|
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशले अन्तिम कष्ट ब्यहोरिरहेको वताउँदै तराईमा भएको बन्द हड्तालले तराईकै जनता बढी पीडित भएको वताएका छन् । प्रधानमन्त्री ओलीलाई बधाई दिन बालुवाटार पुगेको नेपाल उद्योग बाणिज्य महासंघको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा अनुत्तरदायी बन्द हड्ताल हुन नदिन सरकारले ध्यान दिने वताए ।
‘अहिले देशले जस्तो कष्ट भोगिरहेको छ, यो अन्तिम श्रृङ्खला हो’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘आगामी दिनमा अनुत्तरदायीपूर्ण बन्द हड्ताल जस्ता गतिबिधि हुन नदिन सरकारले ध्यान दिनेछ ।’
प्रधानमन्त्री ओलीले तराई मधेसका जनताका नाममा भईरहेका गतिबिधिले सबैभन्दा बढी त्यस क्षेत्रकै जनता पीडित भएको र सिंगो नेपाल पनि यसबाट पीडित भएको वताउँदै उद्योगी व्यबसायीलाई समस्या समाधानका लागि आफ्नोतर्फबाट पनि पहल गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका नेतृत्वको प्रतिनिधि मण्डल सोमबार बिहान बालुवाटार पुगेको थियो । मुरारकासहितका अन्य पदाधिकारीले आपूर्ति व्यबस्थामा देखिएको अहिलेको असहज परिस्थिति, तराई मधेसमा आन्दोलनका नाममा उधोग व्यबसायहरुमा भईरहेका तोडफोड लगायतका विषयमा प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
उनीहरुले ओली नेतृत्वमा गठित नयाँ सरकारबाट आफुहरु उत्साहित भएको र निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तत्पर रहेको वताउँदै अहिलेको स्थितिलाई सहज बनाउन सरकारलाई निजी क्षेत्रबाट समेत सहयोग पुरयाउन तयार रहेको बताए ।

0 comments:
Post a Comment