a
|
कार्तिक ६, २०७२- भारतले विगत एक महिना देखि नेपालमा लगाएको अघोषित नकाबन्दीका कारण नेपालीहरुको दैनिक जनजीवन निकै कष्टकर बनिरहेको छ । विशेष गरी यहाँ इन्धन समस्याले सबैलाई त्राहीमाम् बनाएको छ । पूर्व नाका काँकडभिट्टा वरपरका व्यापारी तथा सर्वसाधारणले यही समस्यालाई गरी खाने बाटो बनाएका छन् । शुक्रबार दिउँसो मेची पुल पुग्दा पुल कै बीचमा केही भारतीय नम्बर प्लेटका मोटरसाइकल रोकेर मानिसहरु धमाधम पेट्रोल झिक्दै नेपाली नम्बर प्लेट भएको मोटरसाइकलमा हाल्दै थिए । यसरी नेपाली मोटरसाइकलमा हालेपछि उक्त पेट्रोल नेपाल प्रवेश गर्छ र उच्च मुल्यमा बिक्री गरिन्छ । अहिले नाका वरपरका पेट्रोल पम्पभन्दा फुटपाथमा धेरै पेट्रोल पाइन्छ ।
a
|
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment