a
|
कार्तिक १, २०७२- एमाले महासचिव इश्वर पोखरेलले संविधानलाई नमान्ने, जलाउने र प्रकृया नै छोडेर हिंडेका व्यक्तिहरुलाई राष्ट्रपति स्वीकार्न नसकिने बताएका छन् । मधेस आन्दोलनमा लागेका नेता महन्थ ठाकुरलाई राष्ट्रपति अघि सार्ने प्रयास भइरहेको बेला महासचिव पोखरेले त्यस्ता व्यक्ति स्वीकार्य नहुने बताएका हुन् । दसैंको अवसरमा राजधानीमा गरिएको शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा बोल्दै उनले संविधानलाई स्वीकार्ने व्यक्ति नै संविधानको संरक्षण गर्ने पदमा पुग्नुपर्ने बताए । ठाकुरलाई कांग्रेस समेतले अघि सार्ने चर्चा चलिरहेको बेला उनको यस्तो धारणा आएको हो । उनले अहिलेको सत्ता गठबन्धनलाई कमजोर र प्रभावित पार्ने उद्देश्यले यस्ता गतिविधिहरु हुन थालेको उल्लेख गरे । संविधानसभाको प्रक्रिया नै बहिष्कार गरेर हिंडेका व्यक्तिहरुलाई काखा लिएर केही दलहरुले संविधानको कार्यान्वयन नै हुन नसक्ने गरी भूमिका खेल्न थालेको पोखरेलको आरोप थियो । केपीओलीको नेतृत्वमा राष्ट्रवादी गठबन्धन निर्माण भएको र यसैले मुलुकका सबै समस्याहरु समाधान गर्नसक्ने उनको दाबी थियो ।
http://kantipur.ekantipur.com/news/2015-10-18/20151018140838.html
a
|
0 comments:
Post a Comment