ओलीले भनेः राष्ट्रपतिमा सहमति गरौं भनेँ, सुशीलजीले प्रष्ट कुरा गर्नु भएन

a

काठमाडौं, ८ कात्तिक– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि एमालेले दिने उम्मेदवारका पक्षमा दलीय सहमति जुट्ने वताएका छन् । संसदीय दलको बालुवाटारमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिको प्रयास स्वरुप आफूले कांग्रेस सभापति सुशील कोइरालासँग पनि कुरा गरेको तर, स्पष्ट कुरा नआएको जानकारी गराए ।  बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिने र नामको टुंगो मंगलवार नै लगाउने संसदीय दलको बैठकलाई जानकारी गराए ।‘सहमतिमै राष्ट्रपति चयन गरौं भनेर मैले सुशील कोइरालाजीलाई भनेँ’ ओलीले बैठकमा भने, ‘उहाँले हुन्छ हुन्छ त भन्नु भएको छ तर, कसरी हुन्छ प्रष्टसँग भन्न सक्नु भएन ।’
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment