a
|
भारतीय राष्ट्रिय कंग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको विकसित अवस्थामा जानकारी राख्न र बिग्रेको सम्बन्ध पुनरस्थापित गर्न आग्रह गरेको छ । कंग्रेस नेता प्रमोद तिवारीले नेपालसंगको महत्वपूर्ण सम्बन्धलाई सुधार गर्न भारत सरकारका तर्फबाट प्रयास नभएको भन्दै तत्काल त्यहांको अवस्थालाई जानकारीमा लिई सुधारका लागि पहल गर्न आग्रह गरेका हुन् । भारतीय समाचार संस्था पिटीआईका अनुसार, भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा दिईएको बक्तब्यले कंग्रेस गम्भीर भएको भन्दै उनले नेपालको उक्त संकटले नेपाल चीन नजिक हुन बाध्य हुने समेत बताएका हुन । ‘प्रधानमन्त्री मोदीले नेपालको विकसित अवस्थाका बारेमा जानकारी हासिल गर्नुपर्छ र नेपालसंगको महत्वपूर्ण सम्बन्धलाई पुनरस्थापित गर्दै भारतीय चासोको संरक्षण गर्नुपर्छ’ उनले भनेका छन् । नेपाली राजदुत दीपकुमार उपाध्यायको पेट्रोलियम पदार्थ र अन्य आवश्यक आपुर्ती रोकेर नेपाललाई भित्तामा पुर्याउने गरी नढेल्न भारतलाई गरेको आग्रहले ‘लजिस्टकल’ अफ्ठ्याराका बाबजुद नेपाल चीनतर्फ ढल्कन सक्ने बताएका हुन । उनले नेपाल भारतको एक महत्वपुर्ण छिमेकी भएको र भारतले नेसालसंग असल सम्बन्ध कायम गरेको भन्दै त्यसलाई निरन्तरता दिन आवश्यक भएको बताए । यसअघि कंग्रेस प्रबक्ता अभिषेक सिंघवीले मोदी कुटनीति नेपालमा आंशिक असफल भएको बताएका थिए ।
a
|
0 comments:
Post a Comment