a
|
साउदी अरबको मक्कामा हजयात्रारत चार नेपाली सहित सात सय १७ जनाको मृत्यु भएको छ । तीर्थयात्रीहरु भागाभागा हुँंदा किचिएर यति ठूलो मानवीय क्षति भएको हो ।घटनामा परी आठ सय ६३ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यस पटक हजयात्रामा एक हजार १९ जना नेपाली पनि गएका छन् । उनीहरुमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमध्ये तीन जनाको भागदौडका क्रममा र एक जनाको बसेकै कोठामा मुत्यु भएको हो । साउदीस्थित नेपाली राजदुतावासका अनुसार मृत्यु हुनेमा पर्साका जाकिर हुसेन,बाराका रजहर मियाँं,बाराका सुलेमानिया रहेका छन् । उनीहरुको भागदौडका क्रममा मृत्यु भएको हो । कोठामै मृत्यु हुनेको स्नाखत भएको छैन । करिव बीस लाख हजयात्रीहरुले अन्तिम प्राथना गर्न सहभागी भएका समयमा भागदौड भएको थियो । प्रधानमन्त्री सुशील कोइरालाले तीर्थयात्रीहरुको मृत्यु भएकोमा गहिरो दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री कोइरालाले साउदी राजा सलमानलाई बिहीबार साँंझ समवेदन सन्देश पठाउँंदै मृत्यु भएका परिवारमा समवेदना व्यक्त गरेका छन् ।
a
|
0 comments:
Post a Comment