​राष्ट्रपति कार्टरको नेपाल भ्रमण रद्ध

a

मधेश आन्दोलन र भारतले लगाएको आर्थिक नाकाबन्दीका कारण पुर्ब अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको नेपाल भ्रमण रद्ध भएको छ । ह्वाबिट्याट फर ह्युमेनिटी अन्तगर्त चितवन जिल्लामा घर निर्माण कार्यक्रम अन्तगर्त नेपाल आउन लागेका उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे समेत केही राजनीतिक नेतृत्वसंग छलफल गर्ने योजना बनाएका थिए ।  ह्वाबिट्याट फर ह्मुनेनिटी इन्टरनेशनलले बिहिबार बिज्ञप्ती प्रकाशित गरी कार्तिक १५ देखि २० सम्म चितवनमा हुने हुने जिम्मी एण्ड रोजालिन कार्टर वर्क प्रोजेक्ट रद्ध भएको जनाएको हो ।  ‘यो बर्षको कार्टर वर्क प्रोजेक्ट रद्ध गर्नुपरेकोमा म दुःखी भएको छु’ उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत जोनाथन रेकफोर्डले भनेका छन,‘३२ बर्षमा पहिलो पल्ट हामीले यस्तो अवस्था थाहा पायौं ।’ राष्ट्रपति कार्टरले नेपालमा भएका अनिश्चित गतिबिधिले गर्दा आफुहरुले नेपालमा निर्माण गर्न नसकेकोमा निराश भएको बताएका छन् ।  ‘हामी नेपाली जनताका लागि प्रार्थना गछौं र सबैलाई त्यसो गर्न आग्रह गछौं’ राष्ट्रपति कार्टरले भनेका छन– ह्याबिटाटसंगको सहकार्य जारी राख्ने र निर्माण कार्यसमेत गर्नेछौं ।’ 
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment