a
|
कार्तिक ११, २०७२- गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा एमालेकी नेतृ विद्यादेवि भण्डारी निर्वाचित भएकी छन् । व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा ३२७ मत ल्याएर उनी विजयी भएकी हुन् । उनी नेपालको पहिलो महिला राष्ट्रप्रमुख बनेकी छन् । कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङलाई पराजित गर्दै विद्या राष्ट्रपति निर्वाचित भएका हुन् । सभामुख ओनसरी घर्तिले संसदका ५९७ सदस्यमध्ये बहुमत प्राप्त गरेर भण्डारी निर्वाचित भएको घोषणा गरिन् । विजयी भएपछि व्यवस्थापिका संसद भवनमा पत्रकारहरुसित कुरा गर्दै नवनिर्वाचित राष्ट्रपति भण्डारीले आफूले संविधानको रक्षा गर्ने प्रतिक्रिया दिइन् । ‘मेरो विजयलाई मैले नेपाली जनताको विजयकोरुममा लिएको छु,’ भण्डारीले भनिन्, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानको रक्षाको लागि भूमिका खेल्नेछु ।’
a
|
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment