​संघिय मधेसी मोर्चासँंग भोलि औपचारिक वार्ता

a

जारी मधेस आन्दोलनबारे नेपाल सरकारको तर्फबाट गठित बार्ता टोली र संघिय मधेसी मोर्चा  बिच आइतबार नेपाल सदभावना पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा नौपचारीक बार्ता भएको  छ ।  वार्ताका क्रममा सरकारी बार्ता टोलीका संयोजक उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाले जारी मधेस आन्दोलनको कारण जनजीवन पुर्णरुपले प्रभाबित  बन्दै गएकोले आन्दोलनका मुख्य एजेण्डा सम्बोधन गर्न नेपाल सरकार सकारात्मक रहेकोेले औपचारिक वर्ताको लागि संघिय संघिय  मोर्चालाई तयार रहन आग्रह गरेका थिए । आज भएको औपचारिक  बार्तापछि भोली  संघिय मधेसी मोचासँंग परराष्ट्र मन्त्रालयमा दिनको १ बजे औपचारिक  वार्ता गर्ने सहमति भएको नेपाल सदभावना पार्टीका  प्रवक्ता शिव पटेलले बताए ।  आजको अनौपचारिक वार्तामा उपप्रधान तथा परराष्ट्र मन्त्री थापा, सदस्यद्वय मन्त्री रामजनम चौधरी,रेखा साह र मोर्चाको तर्फबाट नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झा, डा. डिम्पल झा, शिव पटेल, लोकदलका अध्यक्ष कौशल कुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष गंगा महरा लगायत सहभागी थिए । 
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment