a
|
चैत्र २८, २०७१-सन् २००८ मा भएको मुम्बई आक्रमणका शंकास्पद मुख्य व्यक्ति जाकिर रेहमान लक्बी पाकिस्तानी जेलबाट जमानतमा रिहा भएका छन् । रावलपिण्डी जेल प्रशासनले उनी शुक्रबार बिहान रिहा भएको बताएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले लक्बीको रिहाइलाई 'दुर्भाग्यपूर्ण र निराश बनाउने खालको' भन्दै प्रतिक्रिया दिएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लक्बीलाई गत डिसेम्बरमै जमानत दिइएको थियो । यद्यपि उनलाई सार्वजनिक आज्ञा कानुनअन्तर्गत थुनामै राखिएको थियो । उनलाई थुनामा राख्नुलाई उच्च अदालतले अवैध ठहर गरेर रिहाइको आदेश दिएको हो । लक्बी मुम्बई आक्रमणमा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका ७ जनामध्ये एक थिए । उक्त घटनामा १ सय ६६ जना मारिएका थिए । यसले दुई देशबीचको शान्तिको प्रयत्नमा आघात पुर्याएको थियो । उक्त आक्रमणको आरोप लस्कर ए तोइबा आतंकवादी समूहमाथि लगाइएको थियो । लक्बीले उक्त समूहको नेतृत्व गरेका थिए । उनलाई पाकिस्तानमा सन् २००८ डिसेम्बर ७ मा गिरफ्तार गरिएको थियो । त्यसको ४ दिनअघि भारतीय अधिकारीहरूलले उनलाई आक्रमण गर्ने मुख्य व्यक्तिका रूपमा नाम सार्वजनिक गरेका थिए । लस्कर ए तोइबासग सम्बन्ध भएको आरोप लाग्ने च्यारिटी जम्मत-उल-दावाका प्रवक्ताले लक्बी 'अहिले स्वतन्त्र र सुरक्षित स्थानमा रहेको' बताए । 'सुरक्षाका कारणले उनी अहिले कहाँ छन् भनेर किटेर भन्न सक्दैनांै,' एक अधिकारीले एएफपीलाई भने । लक्बीलाई जेलमा रहँदा फरक खालको सुविधा उपलब्ध गराइएको थियो । जेलका अधिकृतका अनुसार उनका साथीसहित ६ जनालाई कयौं कोठा, टेलिभिजन, मोबाइल फोन, इन्टरनेट उपलब्ध गराइएको थियो । उनीहरूलाई भेट्न दैनिक दर्जनौं व्यक्ति आउँथे । उच्च अदालतको लक्बीलाई धरौटीमा छोड्ने विवादास्पद आदेश पेसाबरस्थित एक विद्यालयमा उग्रवादीहरूले गराएको आमहत्यालगत्तै आएको हो ।
a
|
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment