a
|
तेल अभाव भएको बहानामा यात्रु ठगेको गुनासो बढेपछि प्रहरीले ट्याक्सी अनुगमन शुरु गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा खटिएका प्रहरीले यात्रुसहितका ट्याक्सी रोकेर सोधपुछ गरेका छन् ।
तेल अभाव भएपनि मुल्य नबढेकाले धेरै पैसा तिर्न नपर्ने प्रहरीले जानकारी दिएको छ । तर कतिपय ट्याक्सी चालकले तेल अभाव भएको भन्दै तोकिएभन्दा धेरै भाडा लिने गरेका छन् ।
तेल नपाएपछि सडकमा कम मात्रामा सवारीसाधन गुडेका छन् । यात्रुको चाप धेरै र सवारीसाधन कम भएपछि ट्याक्सी चालकले यात्रुलाई मनपरी पैसा लिने गरेको गुनासो बढेका छन् ।
प्रहरीले ट्याक्सी चालक र यात्रुलाई सोधपुछ गरी बढि भाडा लिएको पाइएमा कारबाही गरेको बताएको छ ।
a
|
0 comments:
Post a Comment