सुरेशराज शर्मा भेट्न राष्ट्रपति धुलिखेलमा

a


कार्तिक ७, २०७२- राष्ट्रपति डा. रामवरण यादव काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा. शुरेसराज शर्मा भेट्न उनको धुलिखेलस्थित निबास पुगेका छन् । भतिजा र एक सहयोगीका साथ पौने ३ बजे त्यहाँ पुगेका उनले करिब १ घण्टा विताएका थिए । सुरक्षा श्रोतले यसलाई नितान्त व्यक्तिगत भेटघाट बताएको छ । शर्मा राष्ट्रपति यादवका शिक्षक समेत हुन् । उनले त्रिचन्द्र कलेजमा यादबलाई आइएससी पढ्दा केमेस्ट्री पढाएका थिए । चिकित्सक रहँदा यादव शर्मा परिबारको 'फेमेली डक्टर' हुन् । जनकपुरमा दुबै परिबारको बसाइ एकै ठाउँमा छ । शर्माले भ्रमण नितान्त व्यक्तिगत भएको बताए । 'टिकाको लागि पनि हैन र कुनै राजनीतिक कुरा पनि भएन,' कान्तिपुरसँगको कुराकानीमा उनले भने । नयाँ राष्ट्रपति चयनबारे पनि कुनै कुरा नभएको उनले बताए । 'त्यसबारेमा कुनै कुरा भएन,' कान्तिपुरको प्रश्नमा शर्माले भने, 'उहाँले केही भन्नु पनि भएन, हामीले सोध्ने आँट पनि गरेनौँ । उनीहरुका विच पारिवारिक गफ भएको थियो ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment