पेट्रोलियम पदार्थको तस्करी रोक्न मधेसी मोर्चाद्वारा कडाई

a



महोत्तरी–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेस बन्दको क्रममा पेट्रोलियमा पदार्थको तस्करी बढेको र त्यसलाई रोक्न भन्दै आईतवारदेखि मोटरसाईकल चलाउन निःषेध गरेको छ ।

मोर्चा आवद्ध सद्भावना पार्टी अध्यक्ष रामवावु प्रसाद साह,संघिय समाजवादी फोरम नेपालका उपाध्यक्ष रामकृपाल सिंह,तमसपा केन्द्रिय सदस्य सुरेश पाण्डेय र तमलोपा अध्यक्ष अभिराम शर्माले एक संयुक्त विज्ञप्ती जारी गरि अतिआवश्यक र नाकाबन्दी प्रयोजन बाहेक मोटरसाईकल चलाउन नपाईने जनाएका छन् ।

विगतमा मोटरसाईकलमा सिमापारीबाट पेट्रोल लगायतका विभिन्न सामानहरु भारतबाट ल्याई नेपालका विभिन्न ठाउमा कालोबजारी गर्ने गरेकोले नाकाबन्दी प्रभावहिन बन्दै गएको भन्दै मोर्चाले यस्तो निर्णय लिएको विज्ञप्तीमा उल्लेख छ ।
यता मोर्चा कार्यकर्ताहरुले विभिन्न नाकामा अवैध रुपमा भित्रिदै गरेको हजारौ लिटर डिजल र पेट्रोल नष्ट समेत गरेका छन् ।
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment