a
|
आश्विन २९, २०७२- एमाओवादी नेतृ ओनसरी घर्ती निर्विरोध निर्वाचित भएकी छन् । नेमकिपा नेतृ अनुराधा थापाको उम्मेदवारी फिर्ता भएपछि घर्ती निर्विरोध भएकी हुन् । घर्ती पहिलो महिला सभामुख भएकी छन् । उनी यसअघि उपसभामुख थिइन् । उनी झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री भएकी थिइन् । एमाले सांसद् विद्या भण्डारीको प्रस्ताव र राप्रपा नेपालसहितका साना दलको समर्थनमा घर्ती निर्विरोध भएकी हुन् । माओवादी विद्रोहदेखि नै राजनीतिमा होमिएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा– २ बाट निर्वाचित भएकी थिइन् । एमाओवादीमा प्रत्यक्ष निर्वाचित उनी एक्ली महिला हुन् । प्रमुख विपक्षी कांग्रेससहितका दलले पनि समर्थन गरेपछि घर्ती सर्वसम्मत भएकी हुन् । २०३४ साल कात्तिक २८ गते जन्मिएकी घर्तीका पति वर्षमान पुन एमाओवादी सचिव हुन् । उनको शैक्षिक योग्यता एसएलसी हो । उपसभामुखमा यादव संसदको उपसभामुखमा राप्रपा सांसद गंगाप्रसाद यादव पनि निर्विरोध निर्वाचित भएका छन् । एमाले सांसद शत्रुघ्न महतोको प्रस्तावमा एमाओवादीका रेखा शर्मालगायतले समर्थन जनाए । नेमकिपाका डिल्लीप्रसाद काफ्लेले लिखितरुपमै उम्मेदवारी फिर्ता लिएपछि यादव निर्विरोध भएका हुन् । विपक्षी कांग्रेसले समेत उपसभामुखमा उम्मेदवारी दिएको थिएन । संसदको अर्को बैठक कात्तिक ७ गते बस्नेछ ।
http://kantipur.ekantipur.com/news/2015-10-16/20151016182143.html
a
|
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment