a
|
काठमाडौँ – दक्षिण एसियाली मुलुकको सम्बन्धका लागि युरोपेली संसद्को डेलिगेसनका अध्यक्ष जाँ लाम्बर्टले भारतले लगाएको अघोषित नाकाबन्दीपछि नेपालमा सिर्जित नयाँ चरणको परिस्थितिमा क्षेत्रीय ऐक्यबद्धतामा जोड दिएकी छिन् ।
बेल्जियमको राजधानी ब्रुसेल्सबाट प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष लाम्बर्टले भारतको अघोषित नाकाबन्दीले भर्खरैको भूकम्पबाट तङ्ग्रिँदै गरेका नेपालीलाई झन् कष्ट थपेको बताइन् ।
अध्यक्ष लाम्बर्टले असल छिमेकीको नाताले भारतलाई नेपालमा अत्यावश्यक सामानको बिनाअवरोध आपूर्ति सहज पार्न आह्वान गरिन् ।
नेपालमा हालै जारी गरिएको संविधानमा केही सुधार भने अवश्य पनि गर्नुपर्ने बताउँदै उनले हालको नाकाबन्दीका कारण इन्धनमा देखिएको सङ्कटले पर्यटन क्षेत्रमा नकारात्मक असर पार्ने औँल्याइन् ।
लाम्बर्टले गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी समुदायका मागका बारेमा छलफल गरी समस्या समाधान गर्ने भनाइको स्वागत पनि गरेकी छिन् ।
a
|
0 comments:
Post a Comment