तेल भर्न गएका चालक भारतमा कुटिएपछि गाडी छोडेर फर्के

a

भारतीय पक्षको आडमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपाल–भारत सीमा नाका वेलहिया ठप्प पारेपछि असुरक्षाको महसुस गर्दै नेपाली चालक आफ्ना गाडी बेवारिसे छोडेर नेपाल आएका छन् । नेपाली मालबाहकका चालकलाई भारतीय भूमीमै कुटपीट गरेपछि असुरक्षा बढेको भन्दै उनीहरु गाडी उतै छोडेर नेपाल आएका हुन् ।  गत आइतबार दिउँसोदेखि भारतीय बजारबाट मालवाहक सवारी आउन नदिएको मधेसी मोर्चाले भारतीय भूमिमा बसेर केही नेपाली नागरिकलाई भारतीय भूमिमै कुटपिट समेत गरेका थिए । भारतीय र मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा चालकहरुलाई कुटपिट गरेपछि मालवाहक गाडी बेवारिसे अवस्थामा छाडेर आफ्नो भूमिमा आएको नेपाली चालकले बताएका छन् ।  भारतीय भूमिमा रहेका २ सय भन्दा बढी चालक असुरक्षाको महसुस गर्दै नेपाल आएका हुन् । उनीहरुले ज्यानभन्दा ठूलो गाडी र सामान नभएको भन्दै आफूहरु आफ्नै भूमिमा आएको बताएको इलाका प्रहरी कार्यालय वेलहियाले जनाएको छ । वेलहियाका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार नेपाल आएका चालकले वेलहियामा केही समय नाराबाजीसमेत गरेका थिए । मोर्चाको आन्दोलनका कारण रुपन्देहीको वेलहिया नाका तीन दिनदेखि ठप्प रहेको र आइतबार मध्याह्नदेखि कुनै पनि मालवाहक साधन नेपाल आएका छैनन् । 
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment