‘नेपालको सोचेजस्तो जित’

a

आश्विन २९, २०७२- नेपालले आईसीसी यू–१९ क्रिकेट विश्वकप छनोटमा निकै राम्रो सुरुआत गरेको छ। सुनील धमलाले अलराउन्ड प्रदर्शन गरेपछि नेपालले बिहीबार पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गर्‍यो। नेपालले टस जितेपछि ब्याटिङ गर्न आएको पपुवा न्युगिनी २८.२ ओभरमा ४८ रनमा अलआउट भयो। अफस्पिनर सुनीलले ५ विकेट लिएपछि पपुवा न्युगिनी धराशायी भयो। क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओबल मैदानमा नेपालले ९.१ ओभरमै लक्ष्य पूरा गर्‍यो। सुनीलले २४ र योगेन्द्र कार्कीले १६ रनको नटआउट इनिङ्स खेले। ओपनर सन्दीप सुनार ४ रनमै आउट भए। त्यसपछि सुनीलले ३५ र योगेन्द्रले १५ बलको इनिङ्समा २–२ चौका प्रहार गरी नेपाललाई जित दिलाए। नेपालका प्रशिक्षक जगत टमाटाले सोचेजस्तो जित हात पारेको बताए। यू–१९ स्तरमा नेपालले पपुवा न्युगिनीसँगका सबै चार खेल जितेको छ। ‘पूरै हिसाबमा हामीले राम्रो खेल्यौं,’ टमाटाले कान्तिपुरसँग मलेसियाबाट टेलिफोन सम्पर्कमा भने, ‘सबै योजनाअनुसार नै भयो। टस जितेर फिल्डिङ गर्ने योजना थियो। हिजो साँझ हाम्रो अभ्यासका क्रममा पानी परेको थियो। त्यसैले आज पनि आउटफिल्ड केही भिजेको थियो, विकेटमा शीत थियो। त्यसैले पहिलो एक घन्टाभित्र राम्रो बलिङ एट्याक गर्ने हो भने खेल निकाल्न सकिन्छ भन्ने थियो।’ उनले नेपाली टिममा कामचलाउ बलरका रूपमा मात्र रहेका सुनीललाई पनि नयाँ बल दिने त्यही योजना भएको बताए। ‘सुनीललाई सुरुमा ३–४ ओभर मात्र लगाउने योजना थियो। उनले राम्रो गरे त्यसैले १० ओभर निरन्तर बलिङ गरे। उनको बलिङमा बल स्किड भइरहेको थियो। त्यो अनुसार विपक्षीलाई १ सयभित्र रोक्ने लक्ष्य बनाएका थियौं,’ टमाटाले भने। नेपालको खेल सकिएपछि फेरि पानी परिरहेको थियो, जुन क्वालालम्पुरमा स्वाभाविक नै मानिन्छ। नेपाल र पपुवा न्युगिनीसँगै प्रतियोगितामा अमेरिका, युगान्डा र आयरल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टिम फाइनल खेल्नेछन् र विजेता टिम अर्को वर्ष बंगलादेशमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ। नेपालले शुक्रबार युगान्डासँग खेल्नेछ। युगान्डा बुधबार नै भएको अर्को खेलमा अमेरिकासँग ६ विकेटले पराजित भयो। युगान्डासँगको खेलबारे टमाटाले भने, ‘अमेरिका र युगान्डा दुवैले ४ स्पिनर लगाएर खेलेकाले हामी पनि शुक्रबार विकेटको कन्डिसन हेरेर खेल्नेछौं।’ आरिफ शेखले तेस्रो ओभरमा नै विकेट लिएर नेपाललाई सफलता दिलाउन सुरु गरे। छैटौं ओभरमा सुनीलले २ विकेट लिएपछि नेपाल खेलमा हावी भयो। त्यसपछि सुनीलले लगातार जस्तो ओभरमा विकेट लिए। पपुवा न्युगिनीले २३ रनमा नौ विकेट गुमाइसकेको थियो। टिमबाट दोहोरो स्कोर बनाउनेमा अन्तिम दुई ब्याट्सम्यान थिए। अन्तिम ब्याट्सम्यान लुहिआ गोबाले २ छक्का प्रहार गर्दै १३ रन बनाए। उनलाई आरिफले बोल्ड गरी पपुवा न्युगिनीको इनिङ्स टुंगाए। १० औं नम्बरका नोउ टोउआ १ छक्का प्रहार गर्दै ११ रनमा नटआउट रहे। यी दुईबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। पपुवा न्युगिनीको इनिङ्समा केवल १ चौकामात्र समावेश थियो। सुनीलले १० ओभरको एकै स्पेलमा एक मेडन राख्दै १५ रन खर्चे। अर्का ओपनिङ बलर मध्यम गतिका आरिफले ८.२ ओभरमा ४ मेडन राख्दै ७ रन खर्चेर ३ विकेट लिए। सुशील कँडेलको नाममा १ विकेट
a
Share on Google Plus

About not only news

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment