a
|
भारतीय गृह मन्त्रालयले नेपालले आन्तरिक संकटको सामना गरिरहेका बेला नेपाल–भारत सिमामा ‘जेहादी’ तत्वका क्रियाकलाप बढ्नसक्ने र नक्कली भारतीय रुपैयांको कारोबार हुनसक्ने भन्दै सिमामा सुरक्षा बढाउने निर्णय गरेको छ । भारतीय समाचार माध्यम टाइम्स न्युज नेटवर्कका अनुसार, गृहमन्त्री राजनाथ सिंहले भारतीय सुरक्षा बल र खुफिया एजेन्सीसंग नेपालको अवस्थामा बारे छलफल गरेपछि सुरक्षा बढाउने निर्णय भएको हो । भारतीय खुफिया एजेन्सीहरुले सिमाबाट उग्रबादी गतिबिधि, भारतीय नक्कली मुद्राको कारोबार, मानव तस्करी र ड्रग्सको कारोबार बढ्न सक्ने रिर्पोट दिएपछि सरकार सिमामा कडाई गर्ने निर्णयमा पुगेको हो । भारत सरकारले १७५१ किलोमिटर लामो सिमामा सिमाबाट १५ किलोमिटर क्षेत्रसम्म बिभिन्न तहको सुरक्षा घेरा निर्माण गर्ने श्रोतलाई उद्धृत गर्दै टीएनएनले जनाएको छ । १७५१ किलोमिटर सिमामध्ये उत्तराखण्डसंग २६३ किलोमिटर, उत्तरप्रदेशसंग ५६० किलोमिटर, बिहारसंग ७२९ किलोमिटर, पश्चिम बंगालसंग १०० किलोमिटर र सिक्किमसंग ९९ किलोमिटर सिमा जोडिएको छ । बैठकमा गृहमन्त्री सिंहले नेपाल–भारत सिमामा रहेका पुर्वाधार परियोजनाबारे समेत पुर्नमुल्याङकन गरेका थिए । त्यसबेला गृह मन्त्रालयको बोर्डर मेनेजमेन्ट डिभिजनले सिमाका परियोजनाबारे प्रशासकीय र वातावरणीय अवस्थाबारे गृहमन्त्रीलाई जानकारी गराएको थियो । -
a
|
0 comments:
Post a Comment